After header

काभ्रे क्षेत्र नं. १ मा पूर्वमन्त्रीहरूबीच भिडन्त

कसको पुग्ला पल्लाभारी !

काभ्रे  मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन नचिकिदै गईरहेको छ । दलहरू र स्वतन्त्र उम्मेदवारहरू मत आफ्नो पक्षमा पार्नको लागि घरदैलो अभियान गरीरहेका छन् । काभ्रे जिल्लामा प्रतिनिधि सभा दुई वटा र प्रदेश सभा ४ वटा रहेको छ । जसमा प्रतिनिधि सभा क्षेत्र नं. १ मा दुई पूर्व राज्यमन्त्रीहरूको भिडन्त हुने भएको छ । लोकतान्त्रिक वाम गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व उर्जा राज्यमन्त्री सुर्यमान दोङ(लालध्वज) र नेकपा एमालेको तर्फबाट एमालेका केन्द्रिय सदस्य तथा पूर्व उद्योग सहायकमन्त्री रेशम लामाको भिडन्त हुँदै छ ।

प्रतिनिधि सभा क्षेत्र नं. १ मा प्रतिनिधि सभा सदस्यको लागि १७ जना र प्रदेश सभा सदस्यका लागि १८ जनाको उम्मेदवारी परेको छ । प्रतिनिधि सभा सदस्यको लागि १२ जना विभिन्न दलबाट र ५ जना स्वतन्त्र उम्मेदवारी दर्ता भएको छ । जसमा दोङ र लामा मुख्य प्रतिस्पिर्धी हुन् । दोङ र लामा दुवै जना लोकप्रिय छन् तर दोङ गठबन्धनका उम्मेदवारलाई कांग्रेसको टेकोको भरोसा ले मजबूत जस्तै बनाएको छ  भने लामालाई एकलै मजबूत बनाएको देखिन्छ । भने क्षेत्र न १ मा कहिले नेकपा एमालेको टेको त कहिले कांग्रेसको टेको समाएर माओवादी केन्द्र का उम्मेद्वार हरुब्लाई मात्र जिताउनु पर्ने भन्ने मानसिकता र प्रश्न आम मतदातामा उठिरहेको छ ।

यस प्रतिनिधि सभा क्षेत्र नं. १ मा ९ वटा स्थानीय तहको ६९ वटा वडा पर्छ । जसमा धुलिखेल नगरपालिका बाहेक ८ वटा पालिकाको प्रमुखमा लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवार निर्वाचित छन् । यस क्षेत्रमा पर्ने ६९ वडा मध्ये ५१ जना वडाध्यक्ष गठबन्धनका उम्मेदवार विजयी भएका छन् भने १७ जना वडाअध्यक्ष मात्र एमालेका उम्मेदवारले जितेका छन् । धुलिखेलको एक वडामा भने रा.प्र.पाले जितेका छन् ।

स्थानीय तह निर्वाचन २०७९ मा भएको निर्वाचनमा प्राप्त मतका आधारमा पालिका प्रमुख तथा अध्यक्षहरूको मतान्तर १८ हजार भन्दा बढी रहेको छ । गठबन्धनका तर्फबाट उम्मेदवार बनेका प्रमुख तथा अध्यक्षहरूको मत ७० हजार ७ सय २५ रहेको छ भने नेकपा एमालेबाट उम्मेदवार बनेका पालिका प्रमुख तथा अध्यक्षहरूको मत ५२ हजार ५ सय ५८ रहेको छ । गठबन्धन र एमालेको मतान्तर १८ हजार १ सय ६७ रहेको छ ।

त्यसरी नै स्थानीय तह निर्वाचन २०७९ लाई आधार मान्दा वडाध्यक्षहरूको मतान्तर पनि कम छैन । गठबन्धनको तर्फबाट उम्मेदवार बनेका वडाध्यक्षहरूको मत ६६ हजार ९ सय रहेको छ भने एमालेको तर्फबाट उम्मेदवार बनेका वडाध्यक्षहरूको जम्मा मत ३३ हजार ९ सय १६ रहेको छ । यसमा पनि झण्डै दोब्बर मतले अन्तर रहेको छ । जसमा गठबन्धनको मत ३२ हजार ९ सय ८४ ले बढी रहेको छ ।

तर दुवै उम्मेदवारहरू निर्वाचन आफूले जित्ने दावी गर्दै आएका छन् । नेकपा एमालेका उम्मेदवारले एमालेको सरकार रहदा गरेको बिकासका कारण आफूलाई मतदाताले मतदान गर्ने दावी गरेका छन् भने गठबन्धनका उम्मेदवार दोङले एमालेले बिकास निर्माणको भ्रम फिजाएको जनताले बुझिसकेकोले मतदान आफूलाई गर्ने दावी गरेका छन् । मतदातामा भने सत्तामा रहँदा पनि आफूहरुको क्षेत्रमा केही नगरेको आरोप लगाउँदै आएका छन् । गर्न पनि यस अघि निर्वाचित नेकपा माओवादी केन्द्र का बमध्वज ले संसद मा एक शब्द पनि नबोली ५ वर्ष कटाए। न त मुख्य सडक पिच भयो न त खानेपानी नै पुराउन सके मतदाता हरु यो पाली नयाँ उम्मेद्वार लाई टेष्ट गर्ने दाउमा रहेको देखिएका छन् यसले एमाले उम्मेद्वार लामा लाई पनि सहज बनाएको छ ।

एक पटक पढ्नुहोस