After header

ईप्सन ओलम्पिक २०७९ सम्पन्न

भक्तपुर/ निजी विद्यालयको संगठन ईप्सन भक्तपुरले आयोजना गरेको इप्सन ओलम्पिक सम्पन्न भयो । आफ्ना सदस्य विद्यालयहरु बीच इप्सन ओलम्पिक यहि माघ १६–१८ गते सम्पन्न गरेको छ । ओलम्पिकको विजेता ग्लोबल स्कुल र उप विजेता मदरल्याण्ड स्कुल हुन सफल भए ।

विभिन्न ७ वटा विधामा प्रतिस्पर्धा गरिएको ईप्सन ओलम्पिकमा ग्लोबल स्कुल प्रथम, मदरल्याण्ड स्कुल द्धितीय, सूर्योदय स्कुल र ईडेन गार्डेन स्कुल तृतीय स्थान हासिल गर्न सफल भएका थिए ।ईप्सन ओलम्पिकको समापन तथा पुरस्कार वितरण कार्यक्रमको प्रमुख अतिथि जिल्ला खेलकूद विकास समितिका अध्यक्ष दिपक थापाले शिल्ड प्रदान गर्नु भएको थियो ।

कार्यक्रमको सभापतित्व गरेका ईप्सनका अध्यक्ष जिबि खड्काले खेलाडीहरुलाई मेडल लगाइ दिएका थिए । कार्यक्रममा प्रमुख अतिथि थापाले निश्चित स्कुलहरुको सानो समूहले पनि यस्तो प्रकारको खेलकूद प्रतियोगिता सम्पन्न गरेकोमा प्रशंसा गर्दै शुभेच्छा प्रदान गरेका थिए ।

साथै ईप्सन अध्यक्ष जिबि खड्काले ईप्सन भित्रका जुनै विद्यालय विजयी भए पनि इप्सन नै विजयी भएको बताए । ईप्सन भक्तपुर अन्तर्गतका ११ वटा विद्यालयहरु मध्ये १० वटा विद्यालयले सहभागिता जनाएको सो ओलम्पिकमा माध्यमिक तह छात्रा तर्फको पोर्टबलमा मदरल्याण्ड स्कुलले गोल्ड, ग्लोबल एकेडेमीले शिल्भर, क्वालिटी स्कुल र सूर्योदय स्कुलले ब्राउन्च मेडल जितेका थिए ।

माध्यमिक तह छात्र तर्फको फुटसलमा ग्लोबल एकेडेमीले गोल्ड, सूर्योदय स्कुलले शिल्भर, मदरल्याण्ड स्कुल र विमल मेमोरियल स्कुलले ब्राउन्च मेडल प्राप्त गरेका थिए । आधारभूत तह खु्ला बाइ साइकल व्यालेन्सिगंमा मदरल्याण्ड स्कुलले गोल्ड र ब्राउन्च मेडल तथा सूर्योदय स्कुलले शिल्भर र ब्राउन्च मेडल जित्न सफल भए ।

खुल्ला लगंजम्पमा विमल मेमोरियल स्कुलले गोल्ड, ईडेन गार्डेनले शिल्भर, मदरल्याण्ड स्कुल र सूर्योदय स्कुलले ब्राउन्च मेडल हासिल गरे । साथै कक्षा १,२ र ३ का छात्रछात्रा बीचको वाटर फिलिगं खेलमा ईडेन गार्डेनले गोल्ड, ग्लोबल एकेडेमीले शिल्भर, ईडेन र मदरल्याण्ड स्कुलले ब्राउन्च मेडल प्राप्त गरेका थिए ।

दौड १०० मिटरमा कक्षा ४ र ५ को छात्रा तर्फ सूर्योदय स्कुलले गोल्ड र ब्राउन्च, ईडेन गार्डेनले शिल्भर तथा पारिजात स्कुलले ब्राउन्च मेडल हात पारेका थिए। त्यसै गरी छात्र तर्फ ग्लोबल स्कुलले गोल्ड, पारिजात स्कुलले शिल्भर र ईडेन गार्डेन स्कुलले २ वटा ब्राउन्च मेडल जितेका जित्न सफल भएका थिए ।

उल्लेखित सबै खेलको अंक गणना गरी स्कुल प्रथम, द्धितीय र तृतीय गरी छुट्याइएको जानकारी ईप्सन भक्तपुरका सचिव विजय कर्मचार्यले दिए । अध्यक्ष खड्काले ईप्सन ओलम्पिक प्रतियोगिताको संयोजन गर्नु हुने संस्थाका सचिव विजय कर्मचार्यलाई प्रशंसा पत्र प्रदान गरेका थिए ।

साथै मदलल्याण्ड स्कुलको प्रांगणमा पोर्टबल, व्यालेन्सिगं वाईसाइकल र वाटर फिलिगं खेल सम्पन्न गरी सहयोग पुराएकोमा स्कुल परिवारलाई पनि धन्यवाद प्रदान गरेका थिए ।

एक पटक पढ्नुहोस