बनेपा ।
युवाहरुको संस्था नेपाल जेसीजको नेशनल लेडी एकेडेमी कार्यक्रम काभ्रे लेडी जेसीजको आतिथ्यतामा यही जेष्ठ २७ र २८ गते बनेपामा रहेको हिमालयन दृष्य होटेलमा हुने बताइएको छ ।
“समृद्ध समाजका लागि महिला” भन्ने मुल नाराका साथ नेपाल जेसीज अन्र्तगत १६ औं राष्ट्रिय लेडी एकेडेमी काभ्रे लेडी जेसीजले आतिथ्यता गर्न पाउनु समर्ग काभ्रेको लागि गर्वको विषय भएको भन्दै शुक्रबार एक पत्रकार सम्मेलन गरी कार्यक्रमबारे जानकारी आयोजकले दिएको छ ।
सन १९९४ मा स्थापना भएको काभ्रे लेडी जेसीजले यो किसिमको कार्यक्रम १९९८ मा पहिलो पटक गरेको थियो भने अहिले दोस्रो पटक गर्न गैरहेको बताइएको छ ।
नेपाल जेसीजमा रहेको युवा महिला लक्षीत कार्यक्रमलाई प्राथमिकतामा राखेर तयार पारिएको कार्यक्रम नेशनल लेडी एकेडेमीको उपमा पाएको कार्यक्रम भन्दै यसमा २ दिन देश भरिका १ सय १५० भन्दा बढि सहभागिहरुलाई अन्तराष्ट्रिय स्तरको प्रशिक्षकहरुले तालिम प्रदान गरिने बताइएको छ ।
प्रशिक्षकहरुमा मधेश प्रदेश विश्व विद्यालयका उप कुलपती तथा नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष सिनेटर दिपक शाक्य, मेचिनगर लेडी जेसीजका संस्थापक अध्यक्ष कविता शर्मा, साईक्याट्रिष्ट सनम पौडेल, मानवअधिकार कर्मी राजु सरकार, महिला अधिकार तथा कानुनी अधिवक्ता कृष्णप्यारी नकर्मी, पाटन लेडी जेसीजका पूर्व अध्यक्ष तथा करिअर काउन्सिलर सुष्मा श्रेष्ठ, काभ्रे लेडी जेसिजका पूर्व अध्यक्ष तथा साहित्यकार सृजना दुवाल, पूर्व मिस नेपाल ईभाना मानन्धर रहेको बताइएको छ ।
देशभरि रहेको १ सय ७८ वटा शाखा बाट आउने प्रतिनिधिले तालिममा सहभागि भएर क्षमता अभिवृद्धि गर्नुको साथै हाम्रो यस ठाउँको धार्मिक तथा सांस्कृतिक प्रवद्धन गर्न मद्धत पुग्ने आयोजकले जनाएको छ ।
कार्यक्रमको उद्घाटन सत्रमा युवा तथा खेलकुद मन्त्री दिग बहादुर लिम्बु ले उद्घाटन गर्ने र नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष सिनेटर विकास मानन्धर रहने बताइएको छ । २ दिनको कार्यतालिकामा विभिन्न तालिम, जुम्मा, फेलोसिप कार्यक्रम, साईटसिन रहेको पत्रकार सम्मेलनमा जानकारी दिए ।
पत्रकार सम्मेलनको प्रत्यक्ष प्रशारण यस लिंक मार्फत हर्न सकिनेछ ।
https://fb.watch/l2A6_B17nV/
