After header

रुम्झाटारबाट लोबुचे उडेको हेलिकप्टर दुर्घटना

काठमाडौं/ रुम्झाटारबाट लोबुचे उडेको हेलिकप्टर दुर्घटना परेको छ ।आज बिहान ७ः१३ मिनेट उडेको मनाङ एयरको हेलिकप्टर दुर्घटना भएको हो । रुम्झाटारबाट लोबुचे उडेको हेलिकप्टर दुर्घटना भएको मनाङ एयरका निर्देशक राजु न्यौपानेले पुष्टि गरे । हाइ अल्टिच्युडमा रहेका यात्रु ल्याउन आज बिहान हेलिकप्टर दुर्घटना भएको हो ।

हेलिकप्टरमा पाइलटमात्रै थिए । पाइटल पिके सेढाइ सुरक्षित रहेको निर्देशक न्यौपानेले जानकारी दिए । नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार पाइलट सेढाइलाई फिस्टेलको हेलिकप्टरले लुक्ला ल्याएको छ । उनलाई अहिले ह्याम्स हस्पिटल ल्याइँदैछ ।

एक पटक पढ्नुहोस