After header

यस वर्षको दशैंको टिकाको साइत जान्नुहोस्

काठमाडौ । 

यस वर्ष दसैँअन्तर्गत विजया दशमी अर्थात् टीका कात्तिक ७ गते मंगलबार परेको छ।

नेपाल पञ्चांग निर्णायक समितिका अनुसार त्यस दिन टीका लगाउने उत्तम साइत बिहान ११ बजेर २ मिनेटमा छ।

घटस्थापनादेखि पूजाआराधना गरिएकी देवीलाई बिहान १०:३७ बजे विसर्जन गरी ११:०२ को साइतमा टीका लगाउन सकिने पञ्चांग निर्णायक समितिले जनाएको छ। 

तर यसपछि पनि देवीका प्रसादका रूपमा कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट टीका र आशीर्वाद थाप्न सकिने समितिको भनाइ छ।

एक पटक पढ्नुहोस