After header

आज दिनभरी र राति पनि कतै वर्षा र हिमपातको सम्भावना

काठमाडौ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

जसको प्रभावस्वरुप यतिबेला कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदलीको अवस्था छ।

तराईका केही भू-भागहरूमा हुस्सुरकुहिरो लागेको छ। देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।आज दिनभरी र राति पनि कतै वर्षा र हिमपातको सम्भावना देखिएको छैन। 

दिउँसो पनि सुदूरपश्चिम प्रदेश सहित देशका पहाडी भू-भागमा आंशिक बदलीको अवस्था रहनेछ। तर, पानी पर्ने सम्भावना भने छैन।

आज राति कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदलीको अवस्था रहने र देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

शनिबार भने गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली हुनेछ। शनिबार कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

देशैभरी चिसो बढिरहेकाले चिसोबाट हुन सक्ने असरबाट बच्नको लागि आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैलाई अनुरोध गरेको छ।

एक पटक पढ्नुहोस