After header

पालिका अध्यक्षमाथि संघातिक आक्रमण

जनकपुरधाम । धनुषाको एक पालिका अध्यक्षमाथि संघातिक आक्रमण भएको छ । धनुषाको मुखियापटी मुसरनिया गाउपालिकाको अध्यक्ष जय कुमारमाथि बिहिवार राति एक बजे जनकपुरको तपसी चाेकमा संघातिक आक्रमण भएको छ ।

जनकपुरको एक होस्पिटलबाट घर फर्किने क्रममा जनकपुरधाम स्थित तपसी चौकमा स्कार्पियोमा आएका १० जनाको अज्ञात समुहद्वारा आफु सांघातिक आक्रमण गरिएको अध्यक्ष यादबले बताए ।

आक्रमणबाट उनको शरिरमा केही चोट पटक लागेको छ । अध्यक्ष यादबको अहिले प्रादेशिक अस्पताल जनकपुरमा उपचार भईरहेको छ । स्कार्पियोमा आएको ब्यक्तिहरुको पहिचान खुलाउन तप्सी चौकको सिसिटिभी फुटेजमा खोजी प्रहरीले गरिदै छ ।

एक पटक पढ्नुहोस