काठमाडौं । प्रहरीले बोक्सीको आरोपमा हत्या गरी फरार रहेका दुई जना अभियुक्तलाई १५ वर्षपछि पक्राउ गरी तस्विर सार्वजनिक गरेको छ ।
शुक्रबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले २०६५ असोज २९ गते काभ्रे शिखर आम्बोटे गाउँ विकास समिति वडा नम्बर १ साविक रोशी गाउँपालिका– ३ स्थित चमारसिंह मगर भन्ने जनकबहादुर मगरलाई बोक्सीको आरोपमा कुटपिट गरी फरार रहेका दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भतिज नाता पर्ने ४४ वर्षीय टंकबहादुर मगर र ४३ वर्षीय सन्तबहादुर मगर रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए । जनकको हत्या गरी फरार रहेका टंक र सन्तलाई २०८० पुस २४ गते पक्राउ पक्राउ गरिएको हो ।
साथै पुस २५ गते सन्तलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत काठमाडौंमा बुझाइए र टंकको स्वास्थ्यमा समस्य आएका कारण उपचारपश्चात् आज आवश्यक कानूनी कारबाहीका लागि जिल्ला अदालत काठमाडौंमा बुझाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
