After header

सडकमै सुते मिटरब्याज पीडितहरु

काठमाडौं । सिंहदरबार जान हिडेका मिटरब्याज पिडितहरु सडक मै सुतेर विरुध जनाएका छन् । न्याय खोज्दै पुनः काठमाडौं आएका मिटरब्याज पीडितहरूको आन्दोलनमा प्रहरीले अवरोध गरेको छ ।

भृकुटीमण्डपबाट सिंहदरबार तर्फ जान लागेका उनीहरूलाई भृकुटीमण्डप अघि नै प्रहरीले रोकेको हो । पीडितहरू नारा र प्लेकार्डसहित सिंहदरबार तर्फ अघि बढेका थिए । अहिले उनीहरू प्रहरीले रोकेकै स्थानमा नारा लगाइरहेका छन् । सिहदरबार जान नपाएपछि मिटरब्याजपीडितहरु सडकमै सुतेका छन् ।

एक पटक पढ्नुहोस