After header

काम शुरु नभईजेल मेरो अनसन तोडिनन् ः जिसस प्रमुख गौतम

काभ्रे । काभ्रे जिल्ला समन्वय प्रमुख दिपक कुमार गौतम आज शुक्रबार दिउँसो साढे दुई बजेको देखि अनसन बस्न शुरु गरेका छन् । धुलिखेल–खावा सडक विस्तारमा ढिलाइ भएपछि जिल्ला समन्वय समितिका प्रमुख दीपक कुमार गौतमले अरनिको राजमार्गको खावामा आमरण अनसन सुरु गरेका बताएका छन् । दैनिक हजारौं जनताले दुख पाएको हेर्न सकिन् । आफू लगायतजिल्लामा रहेका हरेक निकायले धेरै पहल गर्दा पनि केही सिप लागेन उनले भने ।

पटक पटक छलफल गर्दा समेत ठेकेदारले समयमा काम नगर्दा हजारौंले दुख पाए । अब यो बाटको काम तत्काल सक्ने वाचा र सहमति नभए सम्म आफूले यो अनसन नतोड्ने उनले बताए । यो मात्रै नभई काभ्रे जिल्लाभर शुरु भएको निर्माण काम कार्यमा भएको ढिलाई अन्त्यका लागि अनशन बसेको उनले बताएका छन ।

सडक डिभिजन कार्यालय, भौतिक मन्त्रालय एवं यस सम्बन्धी सबै निकायले बाटो यतिदिन भित्र बन्ने सहमति नगरे आफूले अनसन नतोड्ने उनले बताए । यो मेरो जनताका लागि अन्तिम उपाय रहेकाले भोलि देखि जिल्लामा अलपत्र परेको सबै योजना समयमा नसके यसरीनै सरकार विरुद्ध अनसन बस्ने बताए ।

चार किलोमिटर लामो धुलिखेल–खावा सडक खण्ड विस्तारको काम अत्यन्तै सुस्त भएको भन्दै पुर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य गोकुल बास्कोटाले पटक–पटक संसदमा आवाज उठाउदै सरकारले समयमा ध्यान नदिए आफू सडकमा अनसन बस्ने समेत संसादमा बोलेका थिए ।

धुलिखेलदेखि खावासम्मको ४ किलोमिटर सडक विस्तारको समयसीमा आउँदो चैत १९ गते सकिँदैछ । सडक विस्तारका लागि २० करोड १९ लाख ४६ हजार ५०१ रुपैयाँमा २०७९ जेठ २० गते २२ महिनामा सक्ने भनेर सम्झौता भएको थियो । तर निर्माण कम्पनी गौरी पार्वती निर्माण सोव प्रालिले नै सडक विस्तारमा अवरोध गरेपछि तोकिएको समयमा काम पूरा नहुने भएको हो ।

निर्माणको समयसीमा सकिन लाग्दा अहिले एक तिहाइ मात्र काम भएको छ । निर्धारित समयमा काम सम्पन्न गराउन जिल्लास्तरमा सरोकारवालाको पटक–पटक छलफल भए पनि ठेकेदार कम्पनीले काम गर्न आलटल गर्दै आइरहेको छ ।

एक पटक पढ्नुहोस