After header

चैत्र १५ गतेभित्र योजना संझौता गर्न तेमाल गाउँपालिकाको आग्रह

काभ्रे । काभ्रे जिल्लाको तेमाल गाउँपालिकाले एक सुचना जारी गदै यहि चैत्र १५ गते भित्र योजना सम्झौता गर्न आग्रह गरेको छ ।प्रमुख प्रशासकीय अधिकृत पवनकुमार प्याकुरेलले एक सूचना जारी गर्दै चैत्रको १५ गते भित्रमा सम्झौता गरिसक्न आग्रह गरिएको छ ।

सूचनामा भनिएको छ, ‘प्रस्तुत विषयको सम्बन्धमा यस तेमाल गाउँपालिकाको आर्थिक वर्ष २०८०÷०८१ को गाउँसभाबाट स्विकृत वार्षिक योजना तथा कार्यक्रमहरु यथाशिघ्र सञ्चालन तथा कार्यन्वयन गर्नु पर्ने भएको हुनाले मितिः २०८० चैत्र ।१५ गते भित्रमा योजना तथा कार्यक्रमहरु सम्झौता गर्नु हुन सम्बन्धित सबै सरोकारवालाहरुलाई जानकारीको लागि यो सुचना प्रकाशित गरिएको छ । तोकिएको समय भित्र सम्झौता गर्न नआएमा कार्यालय सम्झौता गर्न बाध्य हुने छैन।’ सुचनामा भनिएको छ ।

एक पटक पढ्नुहोस