After header

होलीको दिन काठमाडौँका कडा चेकिङ, ड्रोनबाट निगरानी गरिर्ने

काठमाडौँ । होलिका दिन काठमाडौं उपत्यकामा कडा चेकिङ साथै सबै ठाउँमा ड्रोनबाट निगरानी गरिर्ने प्रहरीले जनाएको छ । नेपाल प्रहरीले भोलि अर्थात आईतबार होलिका दिनमा सबैलाई नम्र भई होली खोल्न आग्रह गरेको छ । आइतबार पहाड र सोमबार तराईका विभिन्न जिल्लामा होली पर्व मनाइँदैछ । होलीको लागि प्रहरीले देशभरका सबै ठाउँमा सुरक्षा व्यवस्था मजबुत बनाएको जनाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँले होली पर्वलाई मध्यनजर गरी सुरक्षा व्यवस्था मजबुत बनाएको जिल्ला प्रहरी कार्यालय काठमाडौका प्रहरी प्रमुख भूपेन्द्रबहादुर खत्रीले जाकनारी दिएका छन् । होली पर्व आम नेपालीहरूको लागि मेलमिलापको पर्व भएकाले मर्यादित रूपमा मनाउन उनले आग्रह गरेका छन् । उनले प्रहरीले विगतका घटनाहरूलाई मध्यनजर गरेर सुरक्षा प्रबन्ध मजबुत बनाएको समेत बताएका छन् ।

काठमाडौँमा उपत्यका ट्राफिक प्रहरी कार्यालय र काठमाडौँ परिसरका जनशक्तिहरूलाई संयुक्त रूपमा परिचालन गरी ९० भन्दा बढी स्थानमा संयुक्त चेकिङको व्यवस्था गरिएको उनको भनाई थियो । उनले सम्भावित घटनाहरू हुन नदिनका लागि भिडभाड हुने ठाउँहरूमा ड्रोनबाट पनि निगरानी गर्ने तयारी भईरहेको उनले बताए ।

उनले भने, ‘होली पर्व आम नेपालीहरूको लागि एउटा रङको पर्व, मेलमिलापको पर्व पनि भएको हुँदा हामीले विगतदेखि नै यस्ता पर्वहरूमा हामीले विगतका घटनाहरूलाई मध्यनजर गरेर सुरक्षा प्रबन्ध मिलाएका छौँ । मादक पदार्थ सेवा गरी सवारी चलाउनेको सङ्ख्या अत्यधिक हुने गर्दछ, झैझगडा, चोरी, पकेटमारी र सवारी दुर्घटना हुँदा ज्यानै जान सक्ने भएकाले त्यसलाई मध्यनजर गरेर संयुक्त रूपमा उपत्यका ट्राफिक प्रहरी कार्यालय र काठमाडौँ परिसरका जनशक्तिहरूलाई संयुक्त रूपमा विभिन्न ठाउँहरूमा चोकहरूमा, ९० भन्दा बढी स्थानमा संयुक्त चेकिङ हुन्छ ।

जसले सम्भावित घटनाहरूलाई न्यूनीकरण गर्दछ । अहिले भइरहेका कन्ट्रोल रुम भेहिकल छन्, त्यसमा कुनै ठाउँमा केही घटना भयो भने तत्काल परिचालन गर्दछौँ र हाम्रा मोबाइल भ्यानहरू अरू रिजर्भहरू सँगै भइरहेका क्विक रेस्पोन्स टिमलाई साधन श्रोतयुक्त बनाएका छौँ । भिडभाड हुने कुरालाई मध्यनजर गरी ड्रोनबाट पनि निगरानी गर्नेछौँ ।’

वरिष्ठ उपरीक्षक खत्रीले भने, ‘होली पर्वमा हुनसक्ने विभिन्न अवाञ्छित र आपराधिक घटनाहरूलाई मध्यनजर गरी सुरक्षित बनाउन हामीले सामाजिक सञ्जालमा पनि अपिल गरेका छौँ । होली खेल्न नचाहनु हुने व्यक्तिलाई जबरजस्ती रङ दल्दिने लगायतका गतिविधि गरे कारबाही हुन्छ । उनले भने ।

एक पटक पढ्नुहोस