काभ्रे । काभ्रेको बनेपामा बस दुर्घटना हुदाँ १२ जना घाईते भएका छन् । बनेपा नगरपालिका वडानं.१२ बाँसडोल थुम्का स्थित बाँसडोलबाट बनेपा आउँदै गरेको बा २ ख ९४५६ नम्बरको बस भैसेपाटीमा घरमा गएर ठोक्किँदा १२ जना घाइते भएका जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख जनार्दन घिमिरे जानकारी दिए ।
घाइतेहरुमा बस चालक २५ वर्षिया मिलन सापकोटा, बनेपा वडा नं. १२ की २२ वर्षिया सविता थापा, सोहि स्थान बस्ने ६१ वर्षिया देवकी राउत, ३६ वर्षिया अनिता कार्की ,३९ वर्षिया मिनु कार्की,३९ वर्षिया प्रिया भुजेल, २४ वर्षिया रिता भुजेल उनकी ११ महिनाकी छोरी बिन्दा भुजेल, ४५ वर्षिया सुशिला भुजेल, ६५ वर्षिया अचुत प्रसाद वाग्ले ,सहचालक १९ वर्षिया महेश थापा मगर र भक्तपुर–८ की २४ वर्षिया रुबिना राउत रहेको उनले जानकारी दिए ।
बस आफै अनियन्त्रीत भई शिव प्रसाद ज्ञावलीको साढे दुई तल्ला पक्की घरको गेटमा ठक्कर दिएको र बस घटना स्थलमा नै रहेको उनले जानकारी दिए । घाईतेहरुको शिरमेमोरीयल अस्पताल बनेपामा उपचार भइरहेको उनले बताए ।
