After header

सशस्त्रको स्थापनाको अवसरमा ऐतिहासिक रोटरी धारो र प्रतिक्षालय उद्घाटन

काभ्रे । सशस्त्र प्रहरी बल, नेपालको २५ औं स्थापना दिवसको अवसरमा ऐतिहासिक रोटरी धारो र प्रतिक्षालय उद्घाटन गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल नं. १५ गण हे.क्वा. काभ्रेद्वारा चौरीदेउराली गाउँपालिका वडा नं. ५ संगको सहकार्य र समन्वयमा बिरुवा टोलमा रहेको ऐतिहासिक रोटरी धारा, चौतारी र प्रतिक्षालय निर्माण सम्पन्न गरी उद्घाटन गरिएको हो ।

स्थानीय जनतामा सशस्त्र प्रहरी बल, नेपालको छवि एवं गरिमालाई उच्च बनाई थप सुमधुर सम्बन्ध स्थापित गर्दै लैजाने संगठनको नीति अनुरुप सशस्त्र प्रहरी बल, नेपालको २५ औं स्थापना दिवसको अवसरमा क्विक इम्प्याक्ट प्रोजेक्ट (क्यूआइपी) अन्तर्गत उक्त संरचना निर्माण गरिएको हो ।

कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नं. १५ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक माधव रेग्मी, वडा अध्यक्ष, रंगलाल बुद्धिमाता प्रतिष्ठानका अध्यक्ष, लगायत स्थानीयको उपस्थिती रहेको थियो ।

एक पटक पढ्नुहोस