After header

एमालेको सचिवालय बैठक ९ बजे च्यासलमा बस्ने

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक अहिले बिहान ९ बजे पार्टी सचिवालय बैठक केन्द्रीय कार्यालय च्यासलमा बस्ने भएको छ । बैठकमा नेपाली कांग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टी, जनता समाजवादी पार्टी नेपाल लगायतबीच राष्ट्रिय सभा निर्वाचनका लागि सिट बाँडफाँड, प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार छनोट लगायत विषयमा छलफल गर्न सचिवालय बैठक बोलाइएको पार्टी सचिव महेश बस्नेतले जानकारी दिए ।

सोमबार कांग्रेस–एमाले बीच राष्ट्रिय सभामा तालमेल गरेर उम्मेदवारी दिने मोटामोटी समझदारी जुटेको छ । राष्ट्रिय सभामा रिक्त हुन लागेको १९ स्थानमध्ये १८ स्थानका लागि माघ ११ गते चुनाव हुँदै छ । भोलि बुधबार उम्मेदवारी दर्ता गर्नुपर्ने छ । त्यसैले दलहरू सोमबार अबेर रातिसम्म छलफलमा जुटेका थिए । आज बस्ने सचिवालय बैठकले हिजोको छलफललाई अन्तिम रूप दिने एमाले नेताहरूले बताएका छन् । एमाले सचिवालय १९ सदस्यीय छ ।

एक पटक पढ्नुहोस