After header

पत्रकार महासंघको स्थापना दिवसको अवसरमा खाद्यान्न सहयोग

काभ्रे । नेपाल पत्रकार महासंको ७१ औ स्थापना दिवसको अवसरका नेपाल पत्रकार महासंघ काभ्रे शाखाले खाद्यान्न सहयोग गरेको छ । नेपाल पत्रकार महासंघ काभ्रेपलान्चोक शाखाले आफ्नो स्थापना दिवसको अवसरमा सामाजिक कार्य गर्दै महर्षी मुद्गल सान्दिपनी गुरुकुलम्लाई खाद्यान्न सहयोग प्रदान गरेको हो ।

काभ्रेको पनौती नगरपालिका वडा नं. ५ मा अवस्थित गुरुकुलमा आयोजित कार्यक्रममा महासंघका अध्यक्ष विनोद न्यौपानेको नेतृत्वमा उक्त सहयोग हस्तान्तरण गरिएको हो । संस्थापक परमाध्यक्ष श्रोत्रिय ब्रह्मनिष्ठ अनन्त श्री विभूषित स्वामी श्रीनिःशेषानन्द महाराज को मार्गदर्शनमा सञ्चालन भइरहेको उक्त गुरुकुलमा अध्ययनरत विद्यार्थीहरूको सहयोगार्थ खाद्यान्न सामग्री उपलब्ध गराइएको महासंघले जनाएको छ ।

महासंघले स्थापना दिवसलाई केवल औपचारिक कार्यक्रममा सीमित नराखी सामाजिक सेवासँग जोड्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।कार्यक्रममा श्री बिन्ध्यवासिनी आध्यात्मिक प्रतिष्ठान श्रीखण्डपुरका गुरुकुल संयोजक रामप्रसाद तिमल्सिना र सञ्चालक बद्रीप्रसाद तिमल्सिना , पत्रकार महासंघका पूर्व अध्यक्षहरू ईश्वरी ओझा, महेश पौडेल, नारायण सापकोटा, मोतीराम तिमल्सिना लगायतको कार्यसमितिका सदस्य तथा अन्य क्रियाशील सञ्चारकर्मीहरूको पनि सहभागिता रहेको थियो ।

एक पटक पढ्नुहोस