After header

प्रेस युनियन काभ्रेको अध्यक्षमा सचित खड्काको उम्मेदवारी घोषणा, अध्यक्ष पदका लागि पाँच जना आकाक्षी

काभ्रे । नेपाल प्रेस युनियन काभ्रेको अध्यक्ष पदका लागि पत्रकार सचित खड्काले उम्मेदवारी घोषणा गरेका छन् । आइतबार हुने अधिवेशनलाई लक्षित गर्दै खड्काले आफ्नो सामाजिक सञ्जाल मार्फत आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।उनले सामाजिक सञ्जालमा आफ्नो उम्मेदवारी सार्वजनिक गर्दै अध्यक्ष पदमा आफूलाई साथ र सहयोग गर्न सबैसँग अपेक्षा गरेका छन् ।

उनले लेखेका छन्, “नेपाल प्रेस युनियन काभ्रेको आइतबार हुने अधिवेशनमा अध्यक्ष पदमा मेरो उम्मेदवारी रहेको जानकारी गराउँदछु । अध्यक्ष पदमा सबैको साथ र सहयोगको अपेक्षा गर्दछु । जय नेपाल।”पत्रकारिता क्षेत्रमा क्रियाशील खड्काले प्रेस युनियनलाई अझ बलियो, व्यवस्थित र पत्रकारको हकहितका पक्षमा प्रभावकारी संस्थाका रूपमा अघि बढाउने उद्देश्यसहित उम्मेदवारी घोषणा गरेको बताए ।

अधिवेशनमार्फत नयाँ नेतृत्व चयन हुँदै गर्दा अध्यक्ष पदका लागि खड्काको उम्मेदवारीले काभ्रे प्रेस युनियनको नेतृत्व चयनलाई थप चासोपूर्ण बनाएको छ । खड्काले पत्रकारहरूको पेशागत अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र पत्रकारबीचको एकतालाई प्राथमिकतामा राख्दै संस्थालाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाएका छन् ।

आइतबार हुने अधिवेशनमा अध्यक्ष पदका लागि पाँच जना आंकाक्षी रहेको बुझिएको छ । जसमा सचित खड्का सहित इन्द्र बहादुर थापा, शुभराज अधिकारी, देवराज केसी र सरोज अधिकारी रहेको जनाईएको छ ।पाँच जना अध्यक्षको आंकाक्षी बुझिएको मध्ये खड्ककाले मात्रै आफ्नो सामाजिक सञ्जाल मार्फत अध्यक्ष पदका लागि उम्मेदवार घोषण गरेका हुन् ।

एक पटक पढ्नुहोस