After header

सर्लाही झडप प्रकरण : व्यक्तिगत झगडाले पार्टीगत रुप लियो

जनकपुर । सर्लाहीमा भएको व्यक्तिगत झगडाले पार्टीगत रुप लिएको छ ।

सर्लाहीको धनकौलमा भएकोआपसी विवादलाई पार्टीगत गरिएको २ नम्बर प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

आइतबार बेलुका नेकपाले प्रदर्शनको तयारी गरिरहेका वेला नेपाली काँग्रेसले आक्रमण गरेपछि झडप भएको थियो ।

झडपमा परी  ३ जना प्रहरी, १५ जना नेकपाका कार्यकर्ता र ३ जना काँग्रेस कार्यकर्तासहित २१ जना घाइते भएका छन् । घटनामा संलग्न एकजना आरोपितलाई प्रहरीले पक्राउ गरेको छ ।

झगडाको सुरुवात 
केही दिन पहिला धनकौल गाउँपालिका वडानम्बर २ स्थित पेट्रोलपम्प नजिक स्थानीय १६ वर्षीय राजिब कुमार साहले आफ्नो ट्रयाक्टर नहर हुदैँ जाँदा गर्दा स्थानीय धर्मेन्द्र साहसहित ७ जनाले बाटो छेकेर राजिवलाई कुटपिट गरेका थिए । उनीहरुको कुटपिटबाट साह सामान्य घाइते भएका थिए ।सोही झगडालार्ई आइतबार पार्टीगत रुप दिइएको २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रले बताए ।

घाइते पक्ष नेकपा र कुटपिट गर्ने पक्ष नेपाली काँग्रेस पार्टी समर्थक हुन् । सोही विषयलाई इगोका रुपमा लिएर आइतबार भएको झडपमा ढुंगा हानाहान भएको र गोली समेत चलेको आवाज सुनिएको प्रवक्ता मिश्रले जनाए ।

एक पटक पढ्नुहोस