After header

स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि बारपाक सुलीकोट गाउँपालिकाका कार्यालय बन्द

गोरखा । गोरखाको बारपाक सुलीकोट गाउँपालिकाका कार्यालयहरु पाँच दिन अर्थात् (२१ गते) सम्मको लागि बन्द गरिएको छ। गाउँपालिकामा एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि थप जोखिम बढ्न नदिन गाउँपालिकाका कार्यालयहरु पाँच दिनसम्म बन्द गरिएको बारपाक सुलीकोट गाउँपालिकाका अध्यक्ष विष्णु भट्टले जानकारी दिए।

सूर्यज्योति मावि पाल्खु क्वारेन्टिनमा रहेका एक व्यक्तिमा कोरोना पुष्टि भएपछि कन्ट्याक ट्रेसिङ गर्दा सोही क्वारेण्टिन  रहेका एकजना र पालिकाको स्वास्थ्य शाखाका  स्वास्थ्यकर्मी एकजनामा कोरोना संक्रमण पुष्टि भएको हो। अध्यक्ष भट्टले भने– ‘यसै सम्भावित जोखिम बढ्न नदिए स्वास्थ्य क्षेत्र बाहेक अन्य सेवाहरु पाँच दिनको लागि बन्द गरेका छौं।यसमा वडा कार्यालय,बित्तिय संस्था, बैक बन्द हुनेछन्।’

उनीहरुको सम्पर्कमा रहेकाहरुको यथासीघ्र कन्ट्याक  ट्रेसिङका लागि पनि पहल भइरहेकोले यस विषम परिस्थितिलाई सामान्यीकरण गर्नका लागि धैर्यता,संयमता र सजगता अपनाउन समेत अध्यक्ष भट्टले सबैमा अनुरोध गरेका छन्।

एक पटक पढ्नुहोस