बाढीमा परी ४ सयले ज्यान गुमाए

एजेन्सी

दक्षिण अफ्रिकाको बाढी र पहिरोमा ४०० जनाको ज्यान गएको र दशौं हजार घरबारविहीन भएका छन् । ठूलो वर्षापछिको बाढी पहिरोमा देशको दक्षिण पूर्वी क्षेत्रमा केही हराइरहेका छन् । बाढीको पानीले दक्षिणपूर्वी तटीय सहर डरबानका केही भागहरू डुबानमा परेका छन् ।                  बाढीले सडक भत्किएका छन् । अस्पतालमा क्षति पु-याएको छ भने घरहरू बगाएको छ ।दक्षिणपूर्वी क्वाजुलु–नाताल केजेएन प्रान्तमा आपतकालीन सेवाहरू उच्च सतर्कतामा राखिएको छ । डरबान हिन्द महासागरको तटमा पर्छ । बाढीपछि उद्दार कार्य तीव्र पारिएको छ ।

एक पटक पढ्नुहोस