छन्चीइन/ नमा आवासीय भवन भत्किँदा ५३ पुग्यो मृत्यु हुनेको संख्य
एक साताअघि चीनको चाङ्सा सहरस्थित एक भवन भत्किँदा मृत्यु हुनेको संख्या ५३ पुगेको छ। स्थानीय सञ्चारमाध्यमहरुले दिएको जानकारीअनुसार शुक्रबार भवनबाट उद्धार कार्य सकिँदासम्म ५३ जनाको मृत्यु भएको हो। यो भवनबाट १० जनाको उद्धार गरिएको छ।
अधिकारीहरुले दिएको जानकारीअनुसार भवनमा हराएका सबैको खोजी कार्य सकिएको छ। गत अप्रिल २९ मा अचानक उक्त आवासीय भवन भत्किएको थियो। अहिलेसम्म यो भवन निर्माण तथा यसको सुरक्षाबारेको मापदण्ड पालना नगरेको आरोपमा ९ जनालाई पक्राउ गरिएको छ। यो भवन भत्किएको पाँचदिनपछि बिहीबार एकजनाको जीवितै उद्धार गरिएको थियो।
भवन भत्किएपछि त्यहाँ हराइरहेका मानिसहरुको खोजीको लागि कुकुर, हाते उपकरण, ड्रोन र विद्युतीय उपकरणहरुको प्रयोग गरिएको थियो।