After header

घट्यो डलर र रियालको भाउ, आजको विनिमय दर हेर्नुहोस्

काठमाडौं,

आइतबार अमेरिकी डलर एकको खरिददर १२१ रुपैयाँ ५९ पैसा र बिक्रीदर १२२ रुपैयाँ १९ पैसा कायम छ। युरोपियन युरो एकको खरिददर भने १३१ रुपैयाँ ४९ पैसामा कारोबार भइरहेको छ। यसको बिक्रीदर अघिल्लो साताको तुलनामा घटेर १३२ रुपैयाँ १४ पैसा पुगेको छ।   

नेपाल राष्ट्र बैंककाअनुसार आज अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ०९ पैसा पुगेको छ। यसको बिक्रीदर ९० रुपैयाँ ५३ पैसा पुगेको छ। क्यानेडियन डलर एकको खरिददर भने घटेर ९६ रुपैयाँ ५२ पैसा र बिक्रीदर ९६ रुपैयाँ ९९ पैसा पुगेको छ।

त्यस्तै, आज कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५८ पैसा पुगेको छ। साउदी अरेबियन रियाल एकको खरिददर भने घटेर ३२ रुपैयाँ २९ पैसा र बिक्रीदर ३३ रुपैयाँ ४५ पैसा पुगेको छ।

युएई दिराम एकको खरिददर आज ३३ रुपैयाँ १० पैसा र बिक्रीदर ३३ रुपैयाँ २७ पैसा कायम छ। मलेसियन रिंगिट एकको खरिददर भने घटेर २८ रुपैयाँ ७१ पैसा र बिक्रीदर २८ रुपैयाँ ८५ पैसा पुगेको छ। आज कुवेती दिनार एकको खरिददर ३९८ रुपैयाँ २५ पैसा र बिक्रीदर ४०० रुपैयाँ २२ पैसामा कारोबार भइरहेको छ। बहराइन दिनार एकको खरिददर ३२२ रुपैयाँ ५० पैसामा कारोबार भइरहेको छ। यसको बिक्रीदर भने ३२४ रुपैयाँ ०९ पैसा पुगेको छ।

एक पटक पढ्नुहोस