After header

स्याङजामा जिप दुर्घटना सातको मृत्यु

थप विवरण आउन बाँकी

स्याङजा/स्याङजाको वालिङमा जीप दुर्घटना हुदाँ सात जनाको निधन भएको छ । वालिङ नगरपालिका वडानम्बर १२ माथिल्लो डाँडाखर्कस्थित फिरफिरे स्कुल नजिकै दुर्घटना हुदाँ जिपमा सवार ११ जना मध्ये सातको मृत्यु भएको जिल्ला प्रहरी कार्यालाय स्याङजा जानकारी दिएको छ ।

दुर्घटनास्थलबाट चारजनालाई अचेत अवस्थामा निकालिएको जिल्ला प्रहरी कार्यालय स्याङजाले जानाएको छ । दुर्घटना ग्रस्त जिपको नम्बर कति हो भन्ने अझै खुलाउन नसकेको जिल्ला प्रहरी कार्यालय स्याङजा जनाएको छ । अन्य केही घाइतेलाई उद्धार गरी वालिङ अस्पतालमा पठाइएको छ ।

थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ । जीपमा ११ जना सवार रहेको खुलेको छ ।

एक पटक पढ्नुहोस