काभ्रे । काभ्रे जिल्लाको बनेपा ७ मा रहेको अजिमा बचत तथा ऋण सहकारी संस्थालाई ऋण लिएको हिसाब लुकाएको आरोप लागेको छ । संस्थाका अध्यक्ष समेत रहेका निरज्जन जस्पाउले नै अजिमा बचत तथा ऋण सहकारीले आफूले लिएको ऋणको हिसाब किताब के कति हो कति रकम तिरिसकेको र कति बाँकी हो भन्ने कुराको हिसाब सहकारीले लुकाएको आरोप लगाएका छन् । डेंगुले ग्रस्त जस्पाउले उनकै निवासमा पत्रकार सम्मेलनको आयोजना गरि यस्तो बताएका छन् । सहकारीले विभिन्न बाहना गरि आफूलाई अध्यक्षबाट निलम्बीत किन नगर्ने समेतको व्यहोराको पत्र पठाउने आफूले लिएको ऋणभन्दा बाहेकको सहकारीको स्वामत्वको ऋण समेत आफ्नो नाममा गराउने चलखेल गरेको आरोप लगाएका छन् ।
यता संस्थाले विभिन्न मितिमा पठाएको पत्रमा जस्पाउलाई अध्यक्ष तपाई निरन्जन जस्पाउ अस्वस्थताका कारण बैठकमा उपस्थित हुन नसकेकोले संस्थाले संचालन गर्ने काम कार्बोहि सुचारु नभएको कारण अध्यक्ष तपाई निरञ्जन जस्पाउको अनुपस्थितीमा पनि संचालक समितिको नियमित बैठक बस्ने निर्णय भएको र तपाई हाल सम्म पनि अस्वस्थ रहनुका साथै यस संस्थाबाट पटक पटक लिएको कर्जाको नाका नघाई बाकि बक्यौता राखि बसेकोले पटक पटक तपाईलाई भेटघाट गरी लिखित तथा मौखिक रुपमा यस संस्थालाई बुझाउनु पर्ने बाकि बक्यौता बुझाउनुस भनि अनुरोध गर्दा पनि विभिन्न बहाना बनाई नबुझाउने नियत राखेको व्यहोराको पत्रमा उल्लेख गरेको देिखन्छ । तर जस्पाउले ०७४मा लिएको २ करोड ऋणमा १ करोड ८० लाख नगद र बीस लाखको चेक सहकारीलाई बुझाइसकेका छन् । तर सहकारीलाई बाँकी बक्यौता कित तिर्न छ भनि जस्पाउले बारबार सूचना माग्दा पनि सहकारीले भने दिन नमानेको उनको आरोप छ ।
तर यता संस्थाका व्यवस्थापक सुभद्रा श्रेष्ठले विभिन्न मितिमा जस्पाउलाई पठाएको पत्रमा भने अजिमा सहकारीले लिएको ऋणको समेत कुरा देखिएको छ । पत्रमा काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघ लि। बाट पठाएको चलानी नम्बर २७५को मिति ०८० जेठ २२ कोको पत्रमा अजिमा बचतले लिएको ऋणमा जस्पाउकोे श्रीमति सविता धौगोडा जस्पाङको नाउमा दर्ता भएको का प जी बनेपा वडा नं। ९ को कि।नं। २५१३ क्षेत्रफल ०(३(०(३ भएको घरजग्गा धितो सुरक्षण राखी तरलता व्यवस्थापनको लागि कर्जा लिएकोमा सो कर्जाको मासिक रुपमा भुक्तानी गर्नु पर्ने किस्ता व्याज रकम यस संस्थाबाट पटक पटक टेलिफोन सम्पर्क तथा संस्थाको कार्यालयमा आई भेटघाट र पत्राचार गरी ऋण भुक्तानीको लागि अनुरोध गरेकोमा भुक्तानी गर्न नसकेको हुँदा र त्यस संघको मिति २०८० बैशाख १२ को सञ्चालक समितिको निर्णयले बाकी ऋणको किस्ता व्याज तथा हर्जना यो पत्र प्राप्त भएको मितिले ३५ दिन भित्र भुक्तानी गरिदिनु भई संघ, संस्था तथा धितोवालाको शाख तथा गरिमा जोगाउनु हुन साथै उक्त धितो सुरक्षणको जग्गाको संस्थागत मूल्यांकन गर्नु पर्ने भन्ने व्यहोराको पत्र प्राप्त भएकोले उक्त जग्गाको चारकिल्लाको सक्कल, ब्लु प्रीन्ट नक्शा सक्कल, तिरो तिरेको रसिदको प्रतिलिपि, निर्माण सम्पन्नको प्रमाणपत्रको फोटोकपी तथा अन्य कागजात पत्र प्राप्त भएको मितिले सात ९७० दिन भित्र बुझाउन अनुरोध भई आएकोले उक्त ऋणको बुझाउनु पर्ने सम्पूर्ण रकम चुक्ता गर्ने तर्फ विशेष ध्यान दिनु हुन वा माग भै आएको कागजातहरु उपलब्ध गराउनु हुन अनुरोध गरिएको पत्र समेत देखिन्छ ।
जस्पाउ भन्छन् –“विगत १५ वर्ष देखि अजिमा बचत तथा ऋण सहकारी संस्था लि। दर्ता न: १०९०र०६४ सुरुमा सचिव रही सेवा गर्दै आएको र हाल अध्यक्ष रहेको जानकारी गराउन चाहन्छु । म विगत ११ महिना देखि डेंगु, निमोनिया रोगले गर्सित भई पटक पटक गरि मेदिसिटी अस्पतालमा करिब ३ महिना भर्ना भएको र पित्त थैलीको सर्जरी गरि आराममा नै १ महिना बस्नु पर्ने वाध्यताले मेरो रोग अहिले पनि पूर्ण रुप मा निको नभएको अवस्था रहेको छ ।, मेरो यस्तो परिस्थितिको नाजायत फाइदा उठाउन त्यस संस्थाको म बाहेकको कास सदस्यहरुले मेरो व्यक्तिगत ऋण कारोबार रहेको हाल सले मात्र रु २ करोड बुझाईसकेको यस्तो आर्थिक मन्दी र बिरामी परिस्थिथिमा पनि सस्था संचालन गर्न उक्त: रकम बुझौउदा पनि मेरो श्रीमतीको नाम दर्ता कायम रहेको धितो राखी संस्था सञ्चालन गर्ने काभ्रे जिल्ला बचत तथा ऋण सहकारी सस्था लि बाट अजिमा बचत तथा ऋण सहकारी सस्था लि। ले रु २ करोडको ऋण लिई उपोभोक गर्दै आएकोमा तेस बमोजिम बुझाउनु पर्ने किस्ता समयमा नाबुझाइ अजिमा इन्वेस्टमेंट कम्पनी खोलि सो मार्फत जामाज खरिद गरि भवन निर्माण गरेर अजिमा भन्दा अलग सस्थालाई रु ४० लाख अजिमा बचत बाट रकम लुकाएर लगानी गरि उक्त रकम सिमित व्यक्तिहरुले आफ्नो नाममा अजिमा इन्वेस्टमेंटको शेयर लगानी गरेको र भवन निर्माण गर्दा र जागा खरिद गर्दा हिसाब हिनामिना गरेको, यस इन्वेस्टमेंटको अध्यक्ष श्री सोकसुधार भेल गरि अन्य सलाहकारले गरेको हिनामिना विरोध गरेकोले मलाई एकतर्र्फी रुपमा नियम मै नमिल्ने कारबाही रुपमा विभिन्न पत्रिकामा मेरो मानहानी गरि ऋणी नै नभएको धितो लिलाम गर्ने भनी पत्रिकामा प्रकासित गरेको छ । जब कि सो धितोको ऋणी अजिमा बचत र काभ्रे जिल्ला बचतले राखेकोमा अजिमा बचतले केहि दिन अगाडी मात्र थप रोका गरि ऋणीले नै धितो दिने व्यक्तिको लिलाम प्रक्रियाको लागि पत्रिकामा प्रकासित गरेको छ ।,
उनी भन्छन् मेरो धितो सस्तो मुल्यमा लिई फाइदा उठाउन नियम विपरित काभ्रे जिल्ला बचत र अजिमा बचतको मिलेमतोमा सो कार्य भएको छ ।, साथै मेरा अजिमामा भएको ऋण रु २ करोड बुझाएर बाँकि रहेको ऋण बुझाउन सो धितो बिक्रि गर्न बैनापत्र गरेको त्यस वापत रु २० लाख बुझाउदा पनि र जानकारी अजिमालाई गराउँदा पनि यस्तो दुष्ट कार्य गरेको छ । मैले अजिमा बचतमा ऋण बुझाउन पटक पटक मौखिक रुपमा हिसाब माग्दा पनि हिसाब नबुझाए पछि हुलाक मार्फत निबेदन पेस गर्दा पनि हाल सम्म कुनै हिसाब प्राप्त भएको छैन ।, मेरो सामाजिक प्रतिष्ठालाई असर हुने गरि मेरो बारेमा नकारात्मक प्रचारबाजी गर्दै हिडेको सोको उपचारको लागि कानुनी प्रक्रियामा आगाडी बढने छु र साथै सम्पूर्ण शेयर होल्डर मनुभावहरुलाई यो स्थानमा मेरो हिसाब प्राप्त भएपछि सम्पूर्ण रकम केहि समय अवधि लिएर यथासिघ्र चुक्ता गर्ने छु ।, अजिमा बचतको सम्पूर्ण आन्तरिक हिसाब तत्काल चेक जाँच गरि आफ्नो रकम सुरक्षित गर्न हुन सम्बन्धित सम्पूर्ण शेयर होल्डर माहानुभावहरु र सम्बन्धित आधिकार प्राप्त उच्च निकायमा पनि अनुरोध गर्दछु। , सो सस्थाको सम्पूर्ण काम कारबाहीको चेकजाच गरि आवश्यक कदम चाल्न हुन विनम्र अनुरोध गर्दछु ।, अन्तिममा नियम विपरित प्रत्रिकामा लिलामको प्रकासित बिना पूर्ण सूचना ३ पटक पत्र मार्फत सुचना नदिइ नियम विपरित प्रकासित गरेको सो कार्य तुरुन्तै वदर गर्नू होला भनि अनुरोध गर्दछु ।”
पत्रकार सम्मेलनमा जस्पाउले अजिमा सहकारीले आफ्नो कमजोरी ढाकछोप गर्न आफूलाइ प्रयोग गरेको समेत आरोप लगाएका छन् ।