काभ्रे । काभ्रे जिल्लाबाट सञ्चालनमा आएको मदानी विट मिडिया प्रालीद्वारा संचालित मदानी विट डट कमको प्रथम बार्षिकोत्सव संचार तथा सूचना प्रविधी मन्त्री माननिय पृथ्वी सुब्बा गुरुङ्गको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
मदानी विट मिडिया प्रालीका अध्यक्ष मोतीराम तिमल्सिनाले पहिलो वर्ष मदानी विट डटकमले नागरिक प्रति निर्वाह गरेको जिम्मेवार पत्रकारिताका साथै राज्यले दिएका अधिकारमा नागरिकहरुले उपभोग गर्दा आई परेका चुनौती र समस्याका बारेमा जानकारी गराएका थिए ।
सम्पादक श्याम सापकोटाले स्वागत मन्तब्य राखेको कार्यक्रममा पुर्व मन्त्री, पुर्व राज्य मन्त्री, सांसदहरु, प्रतिनिधि सभा सदस्यहरु, प्रदेश सभा सदस्यहरु, संविधान सभा सदस्यहरु, जिल्ला समन्वय समिति, नगरपालिका प्रमुख तथा उपप्रमुखहरु, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षहरु, प्रमुख जिल्ला अधिकारी लगायत जिल्लाका सबै सुरक्षा निकायका प्रमुखहरु, नेपाल उद्योग बाणिज्य संघका केन्द्रिय, प्रदेश तथा जिल्लाका पदाधिकारीहरु, पुर्व जनप्रतिनिधिहरु, विभिन्न राजनीतिक दलका प्रमुख, पदाधिकारी एवं विभिन्न तहमा रहेका ब्यक्तिहरु, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु तथा सम्पूर्ण जनप्रतिनिधिहरु, पुर्व
जनप्रतिनिधिहरु, राजनीतिक दलका विभिन्न भातृ संगठनका विभिन्न तहमा कृयाशिल ब्यक्तित्वहरु, जिल्लाका विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु, मानवअधिकार तथा सामाजिक क्षेत्रमा कृयाशिल ब्यक्तित्वहरु, नेपाल पत्रकार महासंघ, काभ्रे उद्योग बाणिज्य संघ, प्याब्सन, एन प्याब्सन, रेडक्रस, सामुदायिक बन उपभोक्ता महासंघ, नेपाल बार एशोसिएसन, गैसस महासंघ, पतञ्जली योग समिति लगायतका विभिन्न सामाजिक संघसंस्थाका विभिन्न तहमा रहनु भएका ब्यक्तित्वहरु, पालिका
स्तरका उद्योग बाणिज्य संघका अध्यक्ष, पदाधिकारी तथा संलग्न विभिन्न उद्योगी ब्यवसायीहरु, यातायात क्षेत्रमा कृयाशिल विभिन्न कम्पनी तथा समितिका अध्यक्ष एवं पदाधिकारीहरु, कार्यालय प्रमुख तथा अन्य यातायात क्षेत्रमा संलग्न ब्यक्तित्वहरु, होटल ब्यवसायीहरु, जिल्लामा रहेका सामुदायिक तथा नीजि क्षेत्रका क्याम्पस, विद्यालयका प्रमुख तथा प्रधानाध्यापक, संचालक एवं विद्यालयका छाता संगठनका प्रमुख, पदाधिकारीहरु, कार्यरत शिक्षकहरु तथा शिक्षा सँग सम्वन्धित ब्यत्तित्वहरु, जिल्लामा
कार्यरत स्वास्थ्य क्षेत्रका विभिन्न पालिका तथा संघ संस्थामा कार्यरत ब्यक्तित्वहरु, निर्माण ब्यवसायी तथा निर्माण क्षेत्रमा कृयाशिल ब्यक्तित्वहरु, सहकारी क्षेत्रमा आवद्ध विभिन्न तहमा कृयाशिल ब्यक्तित्वहरु, संचारकर्मीहरु लगायतको सहभागिता रहेको छ ।