After header

लाकोजूद्वारा अनुदित कथासङ्ग्रहको लोकार्पण

काभ्रे । साहित्यकार सूर्य लाकोजूद्वारा अनुदित कृति डा राजेन्द्र परदेशी का चयनित कथाहरूको लोकार्पण एक समारोह बीच छिमेकी राष्ट्र भारतमा भएको छ । सो पुस्तकको लोकार्पण एक समारोह बीच प्रमुख अतिथि अमलेन्दुअनाथ मिश्र, साहित्यकार डा राजेन्द्र परदेशी, नेपाल साहित्यकार माननीय रेखा यादव, प्रतिभा चौहान कमला तामाङ लगायतले सो पुस्तक बिमोचन गरेका थिए । कथासङ्ग्रहमा सङ्ग्रहित कथाहरूमा मानवीय संवेदना , प्रेम भाव, क्रियाशीलता, आत्मीय सम्बन्ध, शोषण रहित समाज, सद्ज्ञान, गरिबी,परिश्रम,विवशता, उदारता,उत्साह, धैर्य, सहिष्णुता,संयम, जस्ता मानव जीवनसम्बद्ध विशिष्ठ आशययुक्त कथाहरू समावेश छन्।

कविता, निबन्ध, हाइकु, नियात्रा, मुक्तक , अनुवाद विधामा कलम चलाउँदै आएका लाकोजूका करिव तीन दर्जनभन्दा बढी साहित्यि कृतिहरू प्रकाशित छन् । त्यतिकै सङ्ख्यामा उनले साहित्यिक कृतिको सम्पादन समेत गरेका छन । पुस्तक बुक आर्ट नेपालले प्रकाशन गरेको हो । कार्यक्रम सिद्धार्थ तथागत कला–साहित्य संस्थान भारतको आयोजनामा भएको थियो । सो कार्यक्रममा भारत नेपाल की लघु कथाएंको पनि लोकार्पण गरिएको थियो ।

एक पटक पढ्नुहोस