After header

कुईरोमा हराएको काग जस्तो भयो अहिलेको सरकार ः अध्यक्ष लिङ्देन

काभ्रे । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेको काग्रेँस र एमालेको सरकार कुईरोमा हराएको काग जस्तो भएको दावी गरेका छन् । पार्टीको काभ्रेपलाञ्चोक जिल्ला कमिटिको आठौँ जिल्ला अधिवेशनलाई आज बनेपामा सम्बोधन गर्दै उनले जनतालाई काग्रेस र एमाले मिलेर बनेको सरकारबाट केही राहत होला भन्ने आशा रहेको तर त्यो आशा यतिबेला निरास भएको उनले आरोप लगाएका छन् ।

उनले ठुला दुईदल मिलेर चलाएको सरकार इतिहासमा कमजोर भएको आरोप लगाए । काही कतै कसैको अवरोध नहुँदा समेत सरकारले कुनै गति लिन नसको भन्दै र जनताको काम शुन्य भएको उनले बताए । यो देशमा सरकार चलाउन सबै खालका अभ्यास भईसकेको तर दुईठुला दल मिलेर सरकार सञ्चालन हुँदा झन जनताले महँगी र पिडा बेर्हनु परेको उनले बताए । अहिलेको सरकार बाटो भुलेर बसेको बटुवा कहाँ जाने र के गर्ने हो थाहा हुदैन यस्तै संज्ञादिदै यो एमाले र काग्रेस मिलेर बनेर सरकारले केही काम र जनताको पक्षमा नरहेको उनको भनाई थियो ।

सरकारलाई विपद्पीडितको समस्यालाई छिट्टोभन्दा छिट्टो सम्बोधन गर्न समेत उनले आग्रह गरेका छन् । विपद्को पूर्वतयारीमा पनि सरकार सन्तोषजनक देखिएन, अब विपद्का घटनाको पीडितलाई सम्बोधन गर्न ढिलाई नगर्नुहोला पूर्वउपप्रधानमन्त्रीसमेत रहेका लिङ्देनले भने । जाडोयाम सुरु भैसकेकाले ठूलो जनधनको क्षति भएका विपद्पीडितलाई मलम लगाउन ढिला गर्न नहुने उनको तर्क थियो । अध्यक्ष लिङ्देनले ‘रेमिटयान्स्’ले मात्रै देश चल्ने अवस्था नल्याउन र बढ्दै गएको महङ्गीले जनजीवन प्रभावित भएकाप्रति ध्यान दिन सरकारलाई आग्रह गरे ।

सबै नयाँपूराना नेताकार्यकर्ता मिलेर पार्टी र राष्ट्र बनाउनुपर्ने लिङ्देनको धारणा थियो । उनले आगामी निर्वाचनमा जिल्लाका सबै वडातहसम्म उममेदवार उठाएर जित हासिल गर्ने अवस्थामा पार्टी पुर्याउन नेता कार्यकर्तालाई निर्देशन समेत दिएका छन् । गत निर्वाचनमा सबै पालिकामा उम्मेदवार समेत तय गर्न नसकेको भन्दै अब यो अवस्थाको अन्त्य गर्नु सबै नेताकार्यकर्ता एकजुट भई सगठन बनाउन लाग्न उनले आग्रह गरे ।

कार्यक्रममा पार्टीका उपाध्यक्ष एवं सांसद विक्रम पाण्डे, केन्द्रिय सदस्यहरु उदयसिंह मूस्याजू, श्रीकृष्ण श्रेष्ठ लगायतले जनता र राष्ट्रका निम्ति योगदान पु¥याउन पार्टी पङ्ति लाग्नुपर्नेमा जोड दिएका थिए ।

एक पटक पढ्नुहोस