After header

रोशी गाउँपालिकामा भोलि अर्थात कार्तिक ३० गते बिशेष अधिबेशन आह्वान

काभ्रे । काभ्रेको रोशी गाउँपालिकाले भोलि शुक्रबार कार्तिक ३० गते विशेष गाउँ सभाको आह्वान गरेको छ । रोशी गाउँपालिकाले विपदको लागि बजेट व्यवस्थापन गर्नको लागि गाउँ सभाको बिशेष अधिवेशन आह्वान गरिएको पालिकाका अध्यक्ष दिनेश लामाले जानकारी दिए ।

पालिकामा आगामी कार्तिक ३० गते गाउँ सभाको बिशेष अधिवेशन आह्वान भएको छ । ‘बागमती प्रदेशको गाउँ, नगर र जिल्ला सभा सन्चालन कार्यविधि सम्बन्धि ऐन २०७५ को दफा ३ को उपदफा १ बमोजिम रोशी गाउँपालिकाको गाउँ सभाको बिशेष अधिवेशन आह्वान गरेको छु ।’ गाउँपालिका अध्यक्ष लामाले भने, गाउँपालिकाको १५औं अधिबेशनले पारित गरेको महत्वपूर्ण योजना बाहेक सामान्य योजनाहरु कटौती गरेर विपद व्यवस्थापन गर्नको लागि योजना तयार गर्नका लागि यस पटक विशेष गाउँ सभाको आह्वान गरेको उनको भनाई थियो ।

गत असोजमा परेको अविरल बर्षाका कारण आएको बाढी र पहिरोले पालिकाका क्षतिग्रस्त क्षेत्रका नागरिकका लागि राहत, पुनःस्थापन र पुनर्निर्माणको लागि बजेट व्यवस्थापन गर्नको लागि गाउँ सभाको बिशेष अधिबेशन बोलाएको गाउँपालिका अध्यक्ष दिनेश लामाले जानकारी दिए । लामाका अनुसार बिशेष अधिबेशनले साधारण योजनाहरु कटौती गरेर विपद व्यवस्थापनको योजना बनाउँनेछ ।

रोशी गाउँपालिकामा बाढी र पहिरोले १२ जनाको ज्यान लिएको थियो भने धेरै जना घाइते भएका थिए । त्यसरी नै डम्फू पार्क, १० शैय्याको अस्पताल, चिस्यान केन्द्रसहितको औद्योगिक ग्राम लगायत विभिन्न सरकारी गैरसरकारी भवन लगायतको क्षति भएको छ ।

एक पटक पढ्नुहोस