After header

सबैका हितकालागि बजेट बनाउँदैछौं ः अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले अब अ ाउने बजेट सबैका हितका लागि आउने बताएका छन् । नेपाल आर्थिक पत्रकार समाजले आयोजना गरेको प्रिबजेट छलफलमा आर्थिक वर्ष २०८१÷८२ का लागि आशावादी बजेट बनिरहेको बताएका छन् ।

बजेट निर्माणका क्रममा धेरै क्षेत्रसँग सरकारले अन्तक्रिया गरिसकेको र सो क्रममा सबैतिरबाट अर्थतन्त्र शिथिलता छ भन्ने सुनिएको बताए ।गत वर्षभन्दा सुधारोन्मुख अवस्था रहेका कारण आशावादी रहेर बजेट बनाइरहेको उनले बताए ।

‘निजी क्षेत्रको कन्फिडेन्स घटेकोमा मनोबल उठाउने कुरालाई प्राथमिकता दिन्छौं, परिवार, सम्पत्ति र व्यवसायको सुरक्षालाई हामी प्राथमिकता दिन्छौं,’ उनले भने । यद्यपि कुनै व्यक्तिप्रति प्रश्न उठेमा त्यसको जवाफदेही स्वयम् व्यक्ति हुनु पर्ने उनले बताए ।

वित्तीय नीति र मौद्रिक नीतिमा तालमेल मिलाउनु पर्ने सुझावमा आफूसहमत रहेको उनले बताए । यसपटक नीति कार्यक्रम, बजेट र मौद्रिक नीति फरक बाटोमा नजाने आश्वासन दिए ।

 

एक पटक पढ्नुहोस