After header

नेपाल बैंक लिमिटेडका सुरक्षा गार्डको हत्या

जनकपुरधाम । नेपाल बैंक लिमिटेडका सुरक्षा गार्डको हत्या भएको पुष्टी भएको छ । सप्तरी जिल्लामा कार्यरत नेपाल बैंक लिमिटेडका एक जना सुरक्षा गार्डको हत्या भएको प्रहरीले जनाएको छ । सप्तकोशी नगरपालिका १ फत्तेपुरमा रहेको नेपाल बैंक लिमिटेड शाखा कार्यालयका सुरक्षा गार्ड ५५ वर्षीय पर्शुराम फुँयालको हत्या भएको हो ।

बिहीबार बिहान ३ बजेर १८ मिनेटमा घाँटीमा खुकुरी प्रहार गरी हत्या गरेको सीसीटीभी फुटेजमा देखिएको सप्तरीका प्रहरी प्रवक्ता डीएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए ।

बिहान ६ बजेतिर घटनाको विषयमा प्रहरीले जानकारी पाएको थियो । डीएसपी न्यौपानेका अनुसार सीसीटिभी फुटेजमा एकजना व्यक्ति भित्र पसेर गार्डमाथि खुकुरी प्रहार गरी हत्या गरेर बैंकमा लुटपाटको प्रयास गरेको देखिएको छ ।

‘त्यसपश्चात बैंकभित्र पसेर लकर, काउन्टर फुटाउने प्रयास गरेका छन् । तर लुट्न नसकेपछि फर्किएको सीसीटीभी फुटेजमा देखिन्छ’ डीएसपी न्यौपानेले भने । घटनाका बारेमा थप अनुशन्धान भईरहेका र घटनामा संलग्न भएको आरोपमा एकजनालाई पक्राउ गरिएको उनले जानकारी दिए ।

एक पटक पढ्नुहोस