काभ्रे । काभ्रेको पाँचखाल नगरपालिका वडा नं. ४ मा रहेको जंगलमा एक पुरुषको शव फेला परेको छ ।रुखमा बाँधेर जलाईएको अवस्थामा एक जना पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ । काभ्रेपलाञ्चोक जिल्ला पाँचखाल नगरपालिका वडा नं ४ फेदी र जिरोकिलोको बीच भागमा पुर्ण रुपमा जलेको अवस्थामा पुरुषको शव फेला परेको प्रहरी चौकी पाँचखालका प्रहरी निरीक्षक राजाराम खतिवडाले जानकारी दिए ।
उनका अनुसार शवको मुख र छातीमा तारले बाँधेको र रुखमा बाँधेर जलाईको अवस्थामा शव फेला परेको छ । शवको पहिचान हुन सकेको छैन । सो शव कुनै पुरुषको रहेको र उमेर २५ बर्षभन्दा कम जस्तो देखिएको उनले जानकारी दिए । शवको प्रकृति हेर्दा घटना ५–६ दिन अघिको हुन सक्ने अनुमान गरिएको छ ।
घटनास्थलमा कुकुर सहितको प्रहरीको अनुशन्धान टोली पुग्दैछ । यसका बारेमा हामीले थप अनुशन्धान अगाडि बढाईसकेको उनले जानकारी दिए ।
