After header

तीन सय बढी घरपरिवारका सुख–दुखको सारथी देउराली

२० औँ साधारण सभाबाट अध्यक्षमा बलराम कोइराला निर्वाचित

 काभ्रे

काभ्रेको धुलिखेल २ मा रहेको देउराली दुग्ध उत्पादक सहकारी संस्था लिले ३० बर्षदेखि तीन सय १५ घरपरिवारका दैनिक सुखदुखमा सहकार्य गर्दै आएको छ । शनिबार संस्थाको २० औं वार्षिक साधारण सभामा प्रस्तुत गरिएको सन्चालक समितीमा अध्यक्षको प्रतिवेदन अनुसार संस्थाले ती घरपरिवारको दैनिक उत्पादन हुने दुग्ध उत्पादनको संकलन देखि दुग्ध उत्पादन गर्न आवश्यक पर्ने हरेक कुराहरुमा सहकारीले लगानी गरिरहेको प्रतिबेदनमा पेश गरेका छन् । निवर्तमान अध्यक्ष शिव कोइरालाले प्रस्तुत गरेको प्रतिबेदन अनुसार पशुपालनमा मात्रै सहकारीले २ करोड ४९ लाख १० हजार ६ सय ५७ रकम ऋण लगानी गरिरहेको बताएका छन् । देउराली दुग्ध उत्पादक सहकारी संस्थाले आफ्नो स्थापना कालदेखि नै सदस्यहरुलाई निर्वाहमुखी पशुपालनबाट व्यवसायिक बनाउदै लैजाने, सदस्यहरुलाई संगठित गर्दै उत्पादन बृद्धिमा जोड दिने, सहरको पूँजीलाई गाउँमा पुराई ग्रामिण स्तरमा आफ्नो सन्ततीको शिक्षा, स्वास्थ, रोजगारी जिविकामा परिवर्तन स्वरोजगारीको सिर्जना, सहकारी शिक्षा अभिमुखीकरण, आदिलाई केन्द्रमा राख्दै विविधि कार्यक्रमहरु गर्दै आइरहेको बताएका छन् । 

काईरालाले सभालाई सम्बोधन गर्दै भने–‘नेपालको अर्थतन्त्र तिनखम्वे अर्थनितिमा आधारित छ । सरकारी निजी तथा सहकारी आफ्नो लक्ष्य, उद्देश्य र गन्तव्य विशिष्टकृत छन् ।, हामी उत्पादन सहकारी हौँ, नेपालको अर्थतन्त्रमा कृषि तथा पशुपालन क्षेत्रले महत्वपूर्ण योगदान दिदै आइरहेको छ । कृषि क्षेत्रले कुल ग्राहस्थ उत्पादनको झण्डै एक तिहाई योगदान जसमा दुग्ध क्षेत्रको मात्रै करिव ९ प्रतिशत योगदान रहेको छ ।, दुग्ध क्षेत्र नै यस्तो महत्वपूर्ण क्षेत्र हो । जसले ग्रामिण रोजगारी, गरिबी निवारण, आत्वनिर्भरता, तथा शहरी तथा ग्रामीण क्षेत्रविच अर्थतन्त्रमा रक्त सञ्चारको कार्य गरिरहेको हुन्छ ।, सहकारीले दिने सेवा प्रवाह चासो र जनसम्बन्धको भूमिका निजी क्षेत्रको भन्दा निकै विशिष्ट हुन्छ ।, कृषि उत्पादनलाई उत्पादक सहकारी र उपभोक्ता सहकारीको चेन जोड्ने हो भने निजी क्षेत्र र त्यस विचमा उत्पन्न हुने विचौलाको भूमिका शुन्य हुने जानेछ ।, त्यसको प्रत्यक्ष फाईदा उत्पादक र उपभोक्ताले पाउने कुरा उनले व्यक्त गरे । देउरालीले यो बर्ष मात्रै कुल ६लाख ६२हजार ६११ लि. दुध संकलन बाट खरिद मूल्य ४ करोड २४ लाख ७ हजार १सय ४१ र विक्रि ४करोड ४५लाख २८हजार ८सय ८१ रहेको र जुन कारोबारबाट संस्थालाई २१लाख २१हजार ७४० रुपैयाँ मुनाफा प्राप्त भएको बताइन्छ । सो उत्पादित खरिद बिक्रि गरिएको दुग्ध स्थानिय बजार र डी.डी.सीमा आपुर्ति गरिरहेको बताइन्छ ।

देउरालीले किसानलाई पशुपालनमा प्रोत्साहन गर्न आहारा खरिद बिक्रिः समेत गरिरहेको भन्दै विगतमा जस्तै यस वर्ष पशु आहारको लागि आवश्यक दाना, ठुटो पिना खरिद विक्रि गरी खरिद मुल्य १ करोड १३लाख ६६हजार ९०० विक्रि मुल्य १करोड १८लाख ६४हजार २५० जसबाट संस्थालाई ४लाख ९७ हजार ३५० रुपैयाँ मुनाफा प्राप्त भएको बताइन्छ । देउरालैले यस्तै किसानको लागि अति आवश्यक रसायनिक मल खरिद विक्रिः गरी १ लाख ८३हजार ७२५ रुपैयाँ आम्दानी गरेको जनाएको छ । देउरालीले असार मसान्त सम्म २८३ जना शेयर सदस्यको कुल २० लाख १८हजार १०० मा शेयर रकममा यस आ.व.मा सस्थाले २० प्रतिशत शेयर लाभांश वितरण गरेको उल्लेख छ । देउराली सहकारीलाई बागमती प्रदेश सरकारद्वारा उत्पादन प्रवर्द्धन कार्यक्रम मार्फत दुध उत्पादन गर्ने कृषकलाई उत्पादनका आधारमा प्रति लि. ३ रपियाँ ५९ पैसाका दरले १९लाख ८८हजार ४४० अनुदान सहयोग प्राप्त भएकोमा संस्थाले मिति २०८० असार २९ गते प्रत्येक सदस्यको बैंक खाता मार्फत सोही रकम बराबर सिधै भुक्तानी गरिएको उल्लेख छ । 

देउरालीले विगत बर्षदेखि आफ्नै स्वामित्वको पक्की भवन, संस्थाको लगानीमा निर्माण गरिएका दुग्ध संकलन केन्द्र ट्रस्ट ४ वटा, चिलिङ भ्याट २००० लि. १ बटा, १००० लि १ वटा, ५०० लि. २ वटा रहेको र मिल्क एनलाइजर ५ बटा, लगायत अन्य सामाग्री सहित गरी जम्मा ३ करोड ७४लाख ८ हजार ४६७ रुपैया बराबरको सम्पत्ती रहेको जनाएको छ । देउरालीले सदस्यको लागि हितकोष, दशैँ बोनस, । पशुकपालन व्यवसायलाई मजबुत बनाउन २०७८ मा सरकारको एनएलएसआइपीमा सम्झौता गराई गुणस्तरीय दुध उत्पादन सम्बन्धी योजनाको दोस्रो र तेस्रो किस्ता अन्तर्गत ५०÷५० प्रतिशत साझेदारीमा ५० वटा गाई खरिद, ५० वटा काउ म्याट, २५ वटा हिलटेक, २५ वटा च्याप कटर लगायत विविध सामाग्री खरिद अन्तर्गत संस्था र सदस्यको सो लगानी रु.४५लाख ४५हजार ७९३ र एनएलएसआइपीको अनुदान रकम रु. ४५लाख ४५हजार ७९३ गरी ९०लाख ९१हजार ५८० रुपैया बराबरको किसान लक्षित कार्यक्रम समेत प्रभावकारी कार्यान्वयन गरेको संस्थाका नवनिर्वाचित अध्यक्ष बलराम कोइरालाले बताए ।

सभालाई सम्बोधन गर्दै प्रमूख अतिथि बागमती प्रदेशसभा सचिवालायका पूर्व सचिव डा.चन्द्र प्रसाद लुइटेलले देउराली जस्तै उदेश्य लिएर सहकारी अभियानमा लाग्न सकेको भए कयौँ सहकारी विस्थापनको अवस्था नआउने औँल्याएका छन् । कार्यक्रममा काभ्रे जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष तथा धुलिखेल नगरपालिका ११ नम्बरका वडा अध्यक्ष नारायण प्रसाद बडालले किसानलाई सरकारले गरिरहेको व्यवहारमाथी शंका गर्नुपर्ने अवस्था आएको भन्दै किसानले उत्पादन गरेको दुधको मुल्य दिने र हाताहाती नगद दिने बिषयमा आनाकानी गरेकोले पशुपालन व्यवसाय थप धारासाहीको खतरा बढेको भन्दै तत्कालै किसानलाई प्रोत्साहनउन्मुकख कार्यक्रम ल्याउनुपर्ने धारणा राखेका छन् । धुलिखेल नगरपालिका २ का वडा अध्यक्ष अर्जुन न्यौपानेले वडाबाट किसानलाई औषधी उपचार देखि विविध कुराको सहुलियत प्रदान गरिरहेको भन्दै लम्पी, खोरेत लगायत माहामारीजन्य रोगहरुको खोप अभियानमा वडाले समन्वय गरि काम गरेको बताए । कार्यक्रममा सेतिदेवी दुध उत्पादक सहकारीका अध्यक्ष विदुर कोइरालाले सहकारीमा उत्पादन गराउने बिषयमा प्रतिस्पर्धा भए पनि संस्थागत उदेश्य कृषक लक्षित सेवा नै रहेको बताएका थिए । 

देउरालीको वार्षिक सञ्चालन मुनाफा ७ लाख १७ हजार ५०९ रहेको छ । देउरालीले भावी दिनमा आफ्नो नियमित दैनिक २ पटक दुध संकलन कार्य निरन्तरता गर्ने, उत्पादनमा आधारित पेन्सन कोषको निरन्तरता गर्ने, कर्मचारी हित कोषको निरन्तरता गर्ने, कृषक अवलोकन भ्रमण निरन्तरता गर्ने , भवनको तला थप्न पहल गर्ने लगायत योजना रहेको बताएको छ । देउरालीको २० औँ साधारणसभाबाट बलराम कोइरालाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ । जसमा उपाध्यक्ष यादव गेलाल, सचिव,राजकुमार पराजुली, कोषाध्यक्ष, रुद्र बहादुर गेलाल, सदस्यहरु टंकनाथ पुडासैनी,सुस्मा अधिकारी, माधव चौलागाँई,कौसिला गेलाल, सुबद्रा धिताल, भिमसेन सापकोटा र लर्ण बा खत्री छन् । लेखा समितिमा संयोजक प्रेमकाजी अवाल र सदस्यहरु अमृत कुमार धिताल र कल्पना गेलाल निर्वाचित भएका छन् । कार्यक्रममा २० जना धेरै दूध उत्पादन गर्ने किसानलाई प्रोत्साहन स्वरूप दूध संकलन क्यान वितरण गरिएको थियो।

एक पटक पढ्नुहोस