After header

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक ११बजे केन्द्रिय कार्यालयमा बस्दै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज ११ बजे पार्टी केन्द्रिय कार्यालयमा बस्ने भएको छ । पार्टी सभापति रवि लामिछानेको सभापतित्वमा समसामयिक विषयमा छलफल गर्न सचिवालय बैठक बोलाइएको पार्टी प्रवक्ता जगदीस खरेलले जानकारी दिए ।

बैठक आज बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय, घन्टीघर, बनस्थली काठमाडौंमा बस्ने उनले जानकारी दिए । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम तथा पार्टीसँग सम्बन्धित समसामयिक विषयमा छलफल हुने उनको भनाई छ ।

एक पटक पढ्नुहोस