After header

घरमा आगोलागी हुँदा एक पूर्व शिक्षको जलेर मृत्यु

जनकपुरधाम । घरमा आगोलागी हुँदा एक पूर्व शिक्षको जलेर मृत्यु प्रहरीले जनाएको छ । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा पूर्व शिक्षकको जलेर मृत्यु भएको हो । जनकपुरधाम उपमहानगरपालिका–८ रामानन्दचोक स्थित घरमा जलेर ७० वर्षीय किशोरी सहनीको मृत्यु भएको हो । राति अचानक घरमा आगलागी हुँदा भाग्न नसकेका उनको जलेर मृत्यु भएको स्थानीयले बताएका छन् ।

महोत्तरीको लोहारपट्टी नगरपालिका–२ निवासी सहनी अवकास प्राप्त शिक्षक हुन् । उनकी नातिनीले भने भागेर ज्यान जोगाएकी छन् । विद्युत् सट भएर आगलागी भएको हुनसक्ने प्रहरीको आशंका छ । घटनास्थलमा अहिले अनुसन्धानको काम भइरहेको प्रहरीले जानकारी दिएको छ ।

एक पटक पढ्नुहोस