After header

धरान जादै गरेको जिप दुर्घटना, एकको मृत्यु

काठमाडौं । जिप दुर्घटनामा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । धनकुटाको तांखुवाबाट धरान जाँदै गरेको जिप दुर्घटना भएको थियो । को १ ज २४९४ नम्बरको जिप धनकुटाको छथर जोरपाटी गाउँपालिका–३ बञ्चरेमा अनियन्त्रित भई आइतबार बिहान दुर्घटना भएको हो ।

धनकुटाका प्रहरी नायव उपरीक्षक हेमन्त भण्डारी क्षेत्रीका अनुसार दुर्घटनामा परी १ जनाको घटनास्थलमै मृत्यु भएको छ । मृतकको पहिचान खुल्न सकेको छैन । उनका अनुसार ११ जना सवार जिपमा अन्य केही घाइते भएको र दुर्घटनाको जानकारी पाउना साथ प्रहरी टोली घटनास्थल पुगेको छ ।

थप विवरण आउन बाँकी छ । सडक अफ्ठ्यारो भएका कारण अनियन्त्रित भएर जिप दुर्घटनामा परेको हुन सक्ने उनले बताए । जिप सडकभन्दा करिब १ सय मिटर तल खसेको छ ।

एक पटक पढ्नुहोस