After header

काभ्रेको नमोबुद्धमा अवैध बालुवा उत्खनन ः उत्खन गरिएको बालुवा जफत, दोषीमाथि कडा कारबाहीको प्रतिबद्धता

काभ्रे । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका वडा नं. ४ पदाली खोलामा अवैध रूपमा उत्खनन गरिएको बालुवा सम्बन्धी विषय सार्वजनिक भएपछि सरोकारवाला निकायले दोषीमाथि कडा कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । प्राकृतिक स्रोतको दोहन गरी गैरकानुनी रूपमा निकालिएको बालुवा जफत गरिएको छ भने घटनामा संलग्न व्यक्ति तथा समूहको पहिचान गरी कानुनी कारबाही प्रक्रिया अघि बढाउने जनाईएको छ ।

जिल्ला समन्वय समिति (जिसस) काभ्रेका प्रमुख दिपक गौतमले अवैध रूपमा बालुवा उत्खनन गर्ने जो–कोहीलाई कानुनअनुसार कारबाही गरिने स्पष्ट पारे । प्राकृतिक सम्पत्तिमाथिको दोहन कुनै पनि हालतमा स्वीकार्य नहुने उल्लेख गर्दै उनले दोषीलाई उन्मुक्ति नदिइने प्रतिबद्धता स्थानिय माझ गरेका छन् ।

कति कसरी गर्ने भन्ने त यसको पनि एउटा मापदण्ड छ, निकाल्न पाउँछ तर यसको पनि प्रक्रिया छ, यो बारे जानी कुरा हो, यसको प्रयोग ल्याउने कुरा ठिक छ, तर यो पालिकाले गर्नुपर्यो, यसका लागि एआई लगायतका कानुनी प्रक्रिया भएकाले यस्ता खाले प्रक्रिया पुरा गरेर मात्रै नगरपालिकाले टेन्डर खुलाउनु पर्छ अनि मात्रै मापदण्ढ अनुसार बालुवा निकाल पाउने प्रमुख गौतमले भने ।

उनले नगरपालिकाका प्राविधिलाई नापेर ब्यक्तिको हो की वा सरकारी जग्गा मा निकाले छ यसलाई छुटाउन आग्रह गरेका थिए । तर आजबाट यस क्षेत्रमा बालुवा निकाल्न नमिल्ने र यो निकालेको बालुवा कसैले लान नपाउने भन्दै यस ठाउँलाई सिल गर्ने समेत निर्देशन दिएका थिए । यो कस्ले निकालेको हो, त्यसको हामी यहाँ अनुसन्धान गर्छौँ, र निकाल्ने ब्यक्तिलाई कारवाहीको दायरमा ल्याउने समेत उनले बताए ।

अनुगमनको क्रममा प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले कानुन उल्लङ्घन गर्दै प्राकृतिक स्रोतको दोहन गर्ने व्यक्ति वा समूहलाई कानुनअनुसार कडा कारबाही गरिने बताए । उनले यस्ता गतिविधि नियन्त्रणका लागि प्रशासन थप कडाइका साथ प्रस्तुत हुने उल्लेख गरे ।

यसको हामी अनुसन्धान गर्छौँ र कारवाही गर्छौँ, उनले भने । खोलामा आएको बाढीले तलका मान्छेको खेत बिगार्ने अवस्था भयो भने पालिकाको विप्तव्यवस्थापन समितिले निर्णय गरेर यो पालुवा निकाल्न मिल्ने बताए । तर स्थानीय सरकारले निर्णय गर्नुपर्छ, खोलामा आएको बाढी र बालुवाका कारण किसानको खेतबारीमा नोक्सान हुने भयो भने यो स्थानिय सरकारले कानुन बोमोजिम निकाल्न दिन मिल्ने उनले बताए ।

यस्तै, जिल्ला प्रहरी कार्यालयका प्रमुख रविन कार्कीले घटनाको विस्तृत अनुसन्धान भइरहेको जानकारी दिँदै संलग्न जो–कोहीलाई प्रमाणका आधारमा कानुनी दायरामा ल्याइने बताए । यसैबीच, नमोबुद्ध वडा नं. ४ का अध्यक्ष अर्जुन कार्कीले अवैध उत्खननमा वडा कार्यालयको कुनै संलग्नता नरहेको दाबी गरेका छन् ।

खोला तथा सरकारी जग्गा खनेर अवैध रूपमा बालुवा उत्खनन गर्ने वास्तविक दोषीलाई पहिचान गरी कारबाही गर्नुपर्नेमा उनले जोड दिए । स्थानीयवासीले पनि प्राकृतिक स्रोतको खुलेआम दोहनले वातावरणीय जोखिम बढाएको भन्दै अब यस्तो गतिविधि दोहोरिन नहुने व्यवस्था गर्न माग गरेका छन् ।

दोषीलाई कडा कानुनी कारबाही गरी अवैध उत्खननमा संलग्न सबैलाई कानुनको दायरामा ल्याउन उनीहरूले सम्बन्धित निकायसँग आग्रह गरेका छन् । अवैध बालुवा उत्खननले नदी प्रणाली, वातावरण तथा सार्वजनिक सम्पत्तिमा दीर्घकालीन क्षति पुग्ने भएकाले यस्ता गतिविधिमाथि प्रभावकारी निगरानी र कानुनी कारबाही अपरिहार्य रहेको स्थानीयको भनाइ छ ।

एक पटक पढ्नुहोस