After header

रास्वपाद्वारा काभ्रेपलाञ्चोकमा एकै दिन चार वडामा अधिवेशन सम्पन्न

काभ्रे । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काभ्रेपलाञ्चोकले जिल्लामा संगठन विस्तारलाई तीव्रता दिँदै एकै दिन विभिन्न स्थानीय तहका चार वडामा वडा अधिवेशन सम्पन्न गरेको छ। पार्टीले बनेपा नगरपालिका वडा नं. ११, पनौती नगरपालिका वडा नं. ६ तथा भुम्लु गाउँपालिका वडा नं. ९ र १० मा अधिवेशन सम्पन्न गरी सम्बन्धित वडाहरूमा ११ सदस्यीय कार्यसमिति गठन गरेको जनाएको छ।
पनौती नगरपालिका वडा नं. ६ मा सम्पन्न अधिवेशनबाट यज्ञ प्रसाद तिमिल्सिनाको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरिएको छ। समितिको उपाध्यक्षमा भिमा राना काकी, सचिवमा कपिल प्र सुवेदी र सदस्यहरु अनीता काफ्ले, कान्छाराम तामाङ, विमल कार्की, कमला अधिकारी, रबिचन्द्र आचार्य, रामचन्द्र खड्का, मनोज न्यौपाने, दिलिराम ढुङ्गाना विनिता सापकोटा, दिभभ कार्की , विनोद सापकोटा, बाबुराम दाहाल राजकुमार सुर्खेती ,प्रेम प्रसाद दाहाल र माधब राज दाहाल रहेका छन्।

यसैगरी बनेपा नगरपालिका वडा नं. ११ मा सम्पन्न अधिवेशनबाट साधुराम न्यौपानेको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरिएको छ। समितिको उपाध्यक्षमा देवकी सापकोटा, सचिवमा मुकुन्द दाहाल, सदस्यहर विदुर लामा , अनिल थापा ,सुरज बन्जारा , पुरुशोतम गौतम , सुन्तेली तामाङ , सुक्र प्रसाद दाहाल , रुपेश काफ्ले , राजेन्द्र प्र काफ्ले , सानुकाजी थापा रहेका छन्।

त्यस्तै, भुम्लु गाउँपालिका वडा नं. १० मा धनध्वज लामाको नेतृत्वमा तथा वडा नं. ९ मा राम शरण थापाको नेतृत्वमा अधिवेशन सम्पन्न भई ११ सदस्यीय कार्यसमिति गठन गरिएको छ।पार्टीका अनुसार, वडा तहबाटै संगठनलाई मजबुत बनाउँदै जनतासँग प्रत्यक्ष सम्पर्क विस्तार गर्ने लक्ष्यसहित अधिवेशन अभियानलाई तीव्र बनाइएको हो। यस अभियान अन्तर्गत महाभारत गाउँपालिका र खानिखोला गाउँपालिकाका सबै वडाहरूमा समेत अधिवेशन सम्पन्न गर्न आयोजक समिति गठन गरी तत्काल परिचालन गर्ने निर्णय गरिएको छ।रास्वपाले स्थानीय तहमा प्रभावकारी उपस्थिति विस्तार गर्दै सुशासन, पारदर्शिता र जनउत्तरदायित्वलाई प्राथमिकतामा राखेर संगठन सुदृढीकरण अभियान अघि बढाएको जनाएको छ।

एक पटक पढ्नुहोस