After header

आदीवासी जनजाती खुल्ला तर्फबाट यम श्रेष्ठको केन्द्रीय सदस्यमा उम्मेदवारी

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा) को प्रथम अधिवेशन यतिबेला चितवनमा जारी रहेको छ । प्रथम अधिवेशनले नयाँ कार्यसमिति चयन गदैगर्दा आदीवासी जनजाती खुल्ला तर्फबाट यम प्रसाद श्रेष्ठले केन्द्रीय सदस्यको उम्मेदवारी घोषण गरेका छन् । इमानदार नेतृत्व, अटल निष्ठा, पारदर्शी र सु–संस्कार राजनीति तथा सशक्त संगठन निर्माण मेरो प्रतिवद्धता भन्ने मूला नारा सहित यम प्रसाद श्रेष्ठ आदिवासी जनजाती खुल्ला केन्द्रीय सदस्य पदका लागि आफ्नो उम्मेदवारी दिएका छन् ।

पार्टी स्थापना कालदेखि संगठन निर्माण, जनसम्पर्क विस्तार र पार्टीको नीति तथा अभियानलाई जनस्तरसम्म पु¥याउन सक्रिय भूमिका खेलेका श्रेष्ठले आफूलाई जिम्मेवार, इमानदार र समर्पित कार्यकर्ताको रूपमा प्रस्तुत गर्दै उम्मेदवारी दिएका हुन् ।
महाधिवेशन प्रतिनिधिहरूसँग मत, विश्वास र समर्थनको अपिल गर्दै श्रेष्ठले पार्टीलाई अझ सशक्त, व्यवस्थित र जनमुखी बनाउन आफू निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनले केन्द्रीय सदस्य भएर पार्टीको सिद्धान्त, मूल्य र अभियानलाई थप सशक्त बनाउन भूमिका खेल्ने बताए । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिएको जानकारी गराउन चाहन्छु, पार्टीको सिद्धान्त, मूल्य र अभियानलाई थप सशक्त बनाउन इमानदारीपूर्वक योगदान गर्ने प्रतिबद्धता सहित यहाँहरूको विश्वास र समर्थनको अपेक्षा गर्दछु श्रेष्ठले भने । पदभन्दा जिम्मेवारी ठूलो हुन्छ, र जिम्मेवारीभन्दा संगठन” भन्ने सन्देशसहित चुनावी मैदानमा उत्रिएका श्रेष्ठले रास्वपाको आगामी यात्रामा प्रभावशाली भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

एक पटक पढ्नुहोस