हस्त चाैलागाँई
कालिकाेट । १६ बर्षकाे उमेर देखि कृषि क्षेत्रमा काम गर्दै आएका बिकास शाहीले बार्षिक १५ लाख बढि आम्दानी गर्दै आएका छन् । ८ जनाकाे परिवारलाई उनले नर्सरी फर्मबाटै आर्थिक खर्चकाे जाेहाे गरेका छन् । परिवारलाई चाहिने लत्ता,कपडा,खान र बस्नकाे लागि आवास सहित निकट भबिष्यका लागि मेहनत गरेर खर्च जुटाई रहेका छन् ।
खाँडाचक्र नगरपालिका वडा नं ६ का बिकास शाही सानाे उमेर देखि कृषि क्षेत्रमा चासाे राख्दै आए । शाहीले २९ महिने कृषि जेटिए र आईएस सि एजी पडेका हुन । उनी अहिले २४ बर्षका भए । सानाे उमेरदेखि ब्यवसायकाे रुपमा नर्सरी स्थापना गरि शाहीले कालिकाेट जिल्ला लगायत छिमेकी जिल्लाहरुमा पनि नर्सरीमा उत्पादन भएका बिरुवाहरु बिक्रि बितरण गर्दै आएका छन् । शाहीकाे नर्सरी र काममा लगाएकाे जागर देखेर एनसिसि एसपी २ ले ६१ लाख रुपैया नर्सरीलाई सहयाेग गरेकाे छ ।
खाँडाचक्र नगरपालिका मोल्फा स्थित समाज विकास कृषि फर्मले कालिकोट जिल्लामा नर्सरी , तरकारी तथा फलफुल खेति गर्ने गरेको पाइएकाे छ ।
कालिकाेटमा परम्परागत खेति गर्ने चलन बढ्दो रहेकाले जिल्लामा विभिन्न तरकारी तथा नर्सरीका विरुवाहरुको अनुसन्धान समेत आफ्नाे फर्मले गरेकाे संचालक विकास शाहीले बताएका छन् ।
समाज विकास कृषि फर्मले नर्सरीका सम्पुर्ण विरुवा उत्पादन गर्ने,टनेल बनाउने उद्योग,तकारी तथा फलफुलका बोटविरुवाहरु उत्पादन गरी विक्री वितरण गर्ने र कृषकहरुलाई आवश्यक सल्लाह दिने लक्ष रहेको शाहीकाे भनाई छ । उनले विगत लामो सयमदेखि नर्सरीका विरुवा तथा तरकारी र फलफुलका क्षेत्रमा काम गदै आएका छन् ।
संचालक शाहीले हाल सम्म २ कराेड ५० लाख लगानी फर्ममा लागेकाे बताए ।
विभिन्न संघ संस्थाकाे सहयाेग र आफ्नाे ब्यक्तिगत लगानीमा उनले नर्सरी सम्बन्धिका विभिन्न काम गरिरहेका छन् । शाहीले नर्सरीका बिरुवा,फलफुल तथा तरकारी बाटै बार्षिक १५ लाख बढि आम्दानी गरिरहे छन् । स्वदेशमा नै मिहिनेत गरेर घरपरिवारकाे खर्च जाेहाे गरि भबिष्यमा आईपर्ने आर्थिक संकट टार्न सक्ने सम्म आफू भएकाे शाहीले बताए । राेजगारका लागि बिदेशीने नागरिकहरुलाई स्वदेशमा नै केही गर्न सुझाव समेत दिईकाे उनकाे भनाई छ । आफ्नाे फर्ममा दस जना सम्मलाई राेजगारीकाे ब्यवस्था गर्ने साेचमा रहेकाे उनी बताउछन् ।
हाल शाहीकाे नर्सरी फर्ममा ४० हजार ओखरका बिरुवा, १० हजार टिमुर, ५ हजार सल्लाे, ५ हजार देवदार, ६ हजार डालेघासका बिरुवा हुर्कि रहेका छन् ।
एनसिसि एस पी २ काे सहयाेगबाट ४५ जना सदस्य भएकाे कालिकाेट बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडलाई प्रत्यक्ष लाभ समेत भएकाे छ ।