काठमाडौ ।
कवि सुशान्त थापाको चौथो कवितासंग्रह ‘लभ्स क्रेडल’ प्रकाशित भएको छ । प्रकाशन गृह ‘वर्ल्ड इन्कर्स प्रिन्टिङ एन्ड पब्लिसिङ’ले संयुक्त राज्य अमेरिका तथा सेनेगलबाट संग्रहलाई एकैसाथ प्रकाशन गरेको हो । पुस्तकमा थापाले पछिल्ला वर्षहरूमा लेखेका एकसय एघार थान कविताहरू समेटिएका छन् ।
मुख्यतः अंग्रेजी तथा त्यससँगै नेपाली भाषाका कवितामा कलम चलाउने थापाका यसअघि तीन संग्रह ‘द पोयटिक बर्डन’, ‘एब्स्ट्रयाक्टसन एन्ड अदर पोयम्स’ र ‘ मिनेट्स अफ मेरिट’ प्रकाशित भइसकेको छ । प्रेम, वियोग र जीवनका अनेक आयाममाथि थापाले लेखेका छोटा कविताहरू स्पेनिस, उज्बेकलगायत भाषामा अनुवाद भइसकेका छन् ।
विराटनगर निवासी कवि थापा अध्यापन पेशामा संलग्न छन् ।