After header

विजुलीको तारबाट गुडिरहेको यात्रुबहाक बसमा करेन्ट लाग्दा तीन जनाको मृत्यु

तुलसीपुर । लत्रिएको विजुलीको तारबाट गुडिरहेको यात्रुबहाक बसमा करेन्ट लाग्दा तीन जनाको मृत्यु भएको छ ।

तुलसीपुर इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक नवराज केसीका अनुसार रोल्पाको गंगादेव गाउँपालिका–४ निवासी ७० वर्षका बालाराम डाँगी र उनका छोरा ४५ वर्षीय टोपलाल डाँगीको बसको सिटमै मृत्यु भएको थियो भने गम्भीर घाइते गाडी धनी सल्यान छत्रेश्वरी गाउँपालिका–६ राणागाउँ निवासी अञ्दाजी ३७ वर्षीय महेन्द्र ओलीको राप्ती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

दाङबाट रोल्पा जाँदै गरेको रा १ ख ८३४ नम्बरको बसमा आज बिहान १०ः१५ बजेतिर कपुरकोट गाउँपालिका–३ चोरखोलामा पुग्दा लत्रेको तारबाट करेन्ट प्रवाह भएको थियो । सडकमा लत्रिएको ११ हजार भोल्टेजको विद्युत्को तारले गाडीको पछाडीको भागमा छुदा करेन्ट लागेको प्रहरीले बताएको छ । उक्त बसमा २७ यात्रु सवार थिए

एक पटक पढ्नुहोस