काठमाडौं जिन्दगीको सबभन्दा ठूलो सत्य भनेकै जन्म र मृत्यु हो । जन्मेपछि अवश्यै मर्नुपर्छ र कहिले मरिन्छ भन्ने कसैले थाहा पाउँदैन ।
उसले बोल्ने कोशिश त गर्छ तर उसको गलाबाट घरघर आवाज मात्र आउँछ । यमदूतले यमपाश फ्याँकेर शरीरबाट प्राण खिँच्न थाल्दा मानिसले जिन्दगीभरि गरेको कर्म छिटोछिटो उसको आँखाअगाडि घुम्छ ।
अनि जीवनमा भएका सारा घटनाहरू कर्म बनेर आत्मासँग जोडिन्छन् । यिनै कर्मलाई हेरेर यमराजले प्राणीका विषयमा न्याय गर्छन् र उसलाई स्वर्ग वा नर्कको सजाय सुनाउँछन् ।
