सौराहाका होटेल मालिक भन्छन :कर्मचारी खुसि छन्।

आफ्ना कर्मचारीहरुलाई सन्तुष्ट बनाएर बिदा गरिएको सौराहाका होटल व्यवसायीले बताएका छन्।

सौराहाका होटलहरुले बोलाएको दिनमा कुनैपनि दिनमा फिर्ता हुने तरिकाले घर पठाएको क्षेत्रीय होटल सघंका अध्यक्ष दिपक भट्टराईले जानकारी दिए।

‘कर्मचारीलाई १२.५ प्रतिशत तलब दिने होटल संघ नेपालको निणर्य हामी मान्छौ। तर हामीले बोलाए कुनै पनि समय आउनेगरी कर्मचारीलाई खुसी बनाएर पठाएका छौ,’ उनले सेतोपाटीसगँ भने।

सौराहाका होटल व्यवसायीले तलवको ५० प्रतिशतको हाराहारी दिने गरी बिदा दिइएको एक होटल व्यवसायीले सेतोपाटीलाई जानकारी दिए।

‘हानको निणर्य मान्न परिहाल्यो। तर भोलिको दिनमा सबैलाई कर्मचारी चाहिन्छ। सबैले आधा तलबको हाराहारी दिएका छन्,’ ती व्यवसायीले भने।

धेरैजसो मजदुरसगँ होटल व्यवसायीको तलब भत्ताबारे स्पष्ट सम्झौता नभएको होटल अर्थलाइटका सेफ सुमन पोखरेलले जानकारी दिए ।

‘लकडाउनपछि कर्मचारीहरु घरमै बसेका छन्। धेरै जसो होटले यो बेलाको तलब भत्ताबारे स्पष्ट सम्झौता गरेका छैनन्,’ पोखरेलले सेतोपाटीसगँ भने।

होटल संघले तोकेको १२.५ प्रतिशत तलबले कर्मचारी बाच्न नसक्ने उनले बताए।

‘२० हजार तलब खानेलाई २५ सयले कसरी घर चलाउछ। यसले त घरको ग्याँस, पानी बिजुली खर्च पनि उठ्दैन,’उनले भने।

हानले तोकेको तलब मात्र पाए अधिकाशं होटल मजदुर पलायन हुने पोखरेलले बताए।

‘६ महिना होटल बन्द हुने कुरा छ। अरु काम नजानेका पुराना केही कर्मचारी बस्लान्। तलबले खानै पुगेन भने को बस्न सक्छ होला र,’ पोखरेलले भने।

एक पटक पढ्नुहोस