मुलकोट /
प्रभु बैंक लिमिटेड र होटल युनिक एण्ड फास्ट फुड मुलकोटबीच छुट दिने सम्झौता भएको छ । पूरानो झाँगाझोली, मुलकोट, सिन्धुली स्थित होटल युनिक एण्ड फास्ट फुडबीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्झौता सम्पन्न भएको छ ।
प्रभू बैंक र उक्त होटल बीच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ कारोबार गरिरहेका सबै सेवाग्राहीहरुले प्रभु बैंकको डेभिड कार्ड र क्रेडिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा होटल युनिक एण्ड फास्ट फुडद्वारा सञ्चालित ब्रेकफास्ट, लञ्च, डिनर र लजिङ सेवामा १० प्रतिशत छुट प्राप्त हुने बताइएको छ ।

यस्तै बैंकले ताजरिभरसाइड रिसोर्ट एण्ड एडभेञ्चर बीचपनि विभिन्न सेवाहरुमा छुट गर्ने सम्झौता भएको प्रभुु बैंक मुलकोट शाखाका प्रमूख मधु लामिछानेले बताउनुभयो । वहाँको अनुसार रिसोर्टसँगको सम्झौतामा पनि प्रभु बैंकमा खाता खोली बैंकिङ प्रणलि अनुसार विभिन्न कार्डहरु प्रयोग गर्ने र इन्टरनेट बैंकिङ सेवाहरु लिएका सेवाग्राहीहरुले सो रिसोर्टबाट हुने अधिकांश: सेवाहरु ब्रेकफास्ट,लञ्च, डिनर, लजिङ सेवामा पनि १० प्रतिशत छुट दिने सम्झौता भएको बताउनुभयो ।

यस्तै खुर्काेट सिन्धुली स्थित सुनकोशी सामुदायिक अस्पताल र प्रभु बैंकबीच भएको सम्झौता अनुसार बैंकका सेवाग्राहीहरुले फार्मेसी डिपार्टबाट ५ प्रतिशत र अन्य सेवामा १५ प्रतिशत सम्म छुट दिने सम्झौता भएको बताउनुभयो । वहाँले बैंकका सबै सेवाग्राहीहरुले सो सेवा सुविधाहरुको लाभ लिन समेत सबैमा आब्हान गर्नुभएको छ ।

