काभ्रे/ काभ्रेको पनौती नगरपालिकालाई यतिबेला दैनिकी जसो १५ लाख रुपौया घाटा व्योहोरदै आएको छ । दैनिक २५ देखि ३५ लाख रोडा ढुङ्गाबाट राजश्व उठ्ने गरेको नगरमा यतिबेला ट्रिपर बन्द भएसगँ दैनिकी १५ लाख राजश्य घाटा भएको नगरपालिकाले जनाएको छ ।
यतिबेला दैनिकी जसो १० लाख राजश्य उठ्ने गरेको आज शुक्रबार सम्मा आईपुग्दा नगरापलिकालाई ९० लाख राजश्य घाटा भएको नगरपालिकाले जनाएको छ ।काभ्रेको ठूला योजना सञ्चालन आए सगै र आर्थिक वर्षको अन्त्य तिर पनौती नगरपालिकामा सधैजसो यस्तै हुने गरेको पनौती नगरका स्थानियले बताएका छन् । गत वर्ष पनि यस्तै भएको नगरका एक स्थानियले बताए ।
वर्षको अत्य तिर यस्तै रणनिति बनाए नगरपालिकालाई फेल गराउने ग्रिरोह नै लागिरहेको उनको भनाई थियो । यसरी विभिन्न वाहानामा ट्रिपर बन्द गराउने र नगरलाई असफल गराउने ग्रिरोहको योजना यस पटक सुरु गरेको उनले बताए । काभ्रेमा ठुला ठुला आयोजना शुरु भएको छ ।
यस भेगबाट खानीवालाहरु सामान दिएर भ्याएका छैन । यो फाइदा भनेको यसै नगरलाई बढी भएको छ । तर नगरले अहिले रोडा ढुङ्गाको टेन्डर आव्हान गरे सगै विचौलियाले विभिन्न वाहानामा ट्रिपर बन्द गर्न र गराउन खोजिरहेको उनले बताए । यसरी विकास विरोधी विचौलियाहरुको कारणले गर्दा नगरमा जस्तो सुकै राम्रो गरेपनि सफल हुन दिदैन उनले भने ।
ट्रिपर रोशि खोलाको बाट गुडिरहदा धुलोको समस्या बढे पनि नगरपालिकाले यसका लागि नियमित पानी हालेर र धुवाधुलो कम गरेको छ । ठेकेन्दारको लावरवाहीका कारण बाटो समयमा निर्माण नहुदाँ यस्तो समस्या भोग्नुपरोको अर्का पनौती स्थानियले बताए ।
यसरी नगरपालिकालाई घाटा हुने भन्दा पनि कसरी समस्याको समधान गर्नतिर लाग्नु पर्नेमा नगरापलिकाले सोच्नुपर्ने उनले बताए । यसका विषयमा पनौती नगरपालिकाका मेयर रामशरण भण्डारीलाई सोध्दा उनले नगरपालिकामा समस्या भईरहेको बताए ।
समयमा ठेक्का लागेपनि ठेकेदारले समय सिमामा बाटो निर्माणको काम नसक्दा यतिबेला यस्तो समस्या आएको उनले बताए । यसको समधानका लागि आफूहरु लागिपरेको र चाडैनै निकास आउने उनले दावी गरे ।
