काभ्रे/ काभ्रेको बनेपा नगरपालिकाका मेयर शान्तिरत्न शाक्य सहितको टोलि चिनको एक हप्ताको भम्रण गएका छन् । बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्य, उप प्रमुख बिमला सापकोटा र प्रमुख प्रशासकिय अधिकृत शिव प्रसाद हुमेगाई छिमेकि मित्ररास्ट्र चिनको सिगात्से नगरपालिकाको निमन्त्रणामा एक हप्ताका लागि चिनको भ्रमण गएका हुन् ।
यही जुन १६ देखि २१ तारिकसम्म चल्ने कल्चर टुरिजम फेष्टिभल्समा सहभागिका लागि आफू सहित उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृत सहितको टोलि मित्ररास्ट्र चिनको सिगात्से नगरपालिकाको निमन्त्रणामा त्यसतर्फ जान लागेको मेयर शाक्यले जानकारी दिए ।
करीब एक हप्ताको निमन्त्रणमा जान लागेको भम्रणमा विभिन्न विषयमा छलफल र भोलिका दिनमा त्यहा भएका विकास र त्यहाको नगरपालिका के कसरी काम काज भईरहेको विषमा पनि छलफल हुने मेयर शाक्यले जानकारी दिए । हाम्रो बनेपा नगरपालिका र चिनको सिगात्से नगरपालिका बिच भगिनी सम्बन्ध रहेको समेत उनले जानकारी दिए ।
यो पहिला देखि नै रहेका सम्बन्ध बिच रोकिएको थियो । अब पहिलाको सम्बन्धलाई ब्यताउदै नेपाल र चिनको व्यापारी सम्बन्धलाई पनि बिस्तार गर्ने उदेश्यले रहेको मेयर शाक्यले जानकारी दिए ।
वडा नं. ७ का वडा अध्यक्षलाई कार्यभार मेयर
बनेपा नगरपालिकाका मेयर शान्तिरत्न शाक्य एक साता लामो चिन भ्रमण जानु अघि बनेपा वडा नं. ७ का वडा अध्यक्ष हिटलर शाक्यलाई कार्यभार मेयरको जिम्मा दिएका छन् । आज अर्थात असार १ गते देखि लागु हुने गरि आफू नफर्केसम्मका लागि भन्दै मेयर शान्तिरत्न शाक्यले वडा अध्यक्ष हिटलर शाक्यलाई कार्यभार मेयर दिएको उनले जानकारी दिए ।
