After header

विदेशबाट फर्केर गाउँमा मौरी र बंङगुर पालन

मदन विसी
रुकुम पूर्वः भूमे गाउँपालिका ३ का ४४ वर्षका भागीमान पुन दुई दशक अघि वैदेशिक रोजगारीको सिलशिलामा साउदी, कतार र मलेसिया गए । वैदेशिक रोजगारको शिलशिलामा खाडी देशमा पुगेका भागीमानले मासिक ३० हजार कमाइ गर्थे । दुख पछि सुखको दिन आउलान भनेर ऋण खोजेर विदेश गएका उनी ३० हजारको कमाइले निराश हुँदै घर फर्के ।

घर फर्केपछि मौरी पालन व्यवसाय सुरु गरेका भागीमानले मासिक २५ हजार आम्दानी गर्दै आएका छन । उनी भन्छन, “घरमा अहिले ३७ वटा माहुरीका घार छन । सरदरमा वार्षिक आम्दानी तीन लाख हारहारीमा हुने गर्दछ । ” विदेशमा घामपानी, भोक, निन्द्रा नभनी काम गर्दा जम्मा ३० हजार कमाउथे । त्यो भन्दा त स्वदेशमै थोरै लगानीबाट सुरु गरेको व्यवसायले मासिक राम्रो आम्दानी दिइरहेको छ । उलने थपे व्यवसायले आफुलाई निकै साथ दिइरहेको छ ।
“पहिले लेकभरी भैसी बगाल हुन्थे, मेरो घरको गुजारा यसैबट चलेको थियो”, उनले भने, “संकटकाल लागेपछि मेरो सबै सम्पती सकियो र म विदेशिन बाध्य भए ।” विदेशमा पनि कमाई राम्रो नभएपछि स्वदेशमै केहि गर्नुपर्छ भन्ने उदेश्यका साथ घर फर्केको उनले सुनाए । उनले सेरेना जातको मौरी पालन गदै आएका छन ।

मौरीको साथमा बंगुर
भागीमानले मौरीको साथसाथै बङगुर पालन पनि गर्दै आएका छन । २०७६ साल देखी बङगुर पालन गर्दै आएको उनले बताए । उनले सुरुमा एउटा भाले र २ वटा माउबाट बंगुर पालन सुरु गरेका थिए । यसबाट पनि सन्तोषजनक आम्दानी भइरहेको उनी बताउछन ।

अहिले पुनसँग १ भाले र ४ माउ बङगुर छन । बंगुरको पाठा र मासु बिक्रिबाट पनि मासिक २० हजार भन्दा माथि आम्दानी हुदँै आएको छ । दुवै व्यवसायबाट उनले घरपरिबारको खर्च सजिलै धान्दै आएका छन । यसरी स्थानीय स्तरमा व्यवसाय गर्नेहरुलाई सरकारले पनि प्रोत्साहन गर्न जरुर छ ।

एक पटक पढ्नुहोस