After header

नवलपरासीमा तीर्थालु सवार बस दुर्घटना हुदाँ ४५ जना घाइते

बुटवल/ पश्चिम नवलपरासीमा तीर्थालु सवार भारतीय बस दुर्घटना हुँदा ४५ जना घाइते भएका छन् । नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–१ झरहीखोला नजिकै रमपुरवास्थित भित्री सडकखण्डमा त्रिवेणीधाम मेलामा तीर्थ गरी भारततर्फ फर्किदै गरेको युपी१६एफटी ७४६६ नम्बरको भारतीय बस दुर्घटना भएको हो ।

घाइतेहरूको जिल्ला अस्पताल परासी पठाइएको इलाका प्रहरी कार्यालय महेशपुरका प्रहरी निरीक्षक मेघनाथ चापागाईले बताए । गाडी सडकबाट १० मिटर तल खस्दा ६० जनामध्ये ४५ जना भारतीय तीर्थालुहरू घाइते भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

घाइतेहरूमध्ये एक जनाको अवस्था गम्भीर रहेको र अन्य घाइतेहरूको अवस्था सामान्य रहेको उनले बताए ।

एक पटक पढ्नुहोस