After header

कम्बोडियाको आगलागी मृत्यु भएका निराकारको शव उनै निवासमा

झापा / कम्बोडियाको आगलागी घटनामा परी मृत्यु भएका विर्तामोड नगरपालिका–१ का निराकार पाण्डेको शव आज झापास्थित निवासमा ल्याइएको छ । कम्बोडियाको ग्राण्ड डायमन्ड सिटी होटल एन्ड क्यासिनोमा गत पुस १४ गते राति भएको भीषण आगलागीमा ज्यान बचाउन १२औं तलाको झ्यालबाट हाम्फाल्दा उनको मृत्यु भएको थियो ।

शुक्रबार कम्बोडियाबाट काठमाडौं ल्याइएको उनको शव आज दिउँसो १२ः३० बजेतिर विर्तामोडस्थित निवासमा पु¥याइएको हो । युवा व्यवसायी पाण्डे भिजिट भिसामा थाइल्यान्ड र कम्बोडिया गएको अवस्थामा उक्त घटना भएको थियो । उनको शव निवासमा ल्याइने खबर थाहा पाएर आज बिहानैदेखि पाण्डे निवासमा हजारौं शुभचिन्तकको भीड लागेको थियो ।

मृतक पाण्डे विर्तामोड–१ का वडाध्यक्ष अग्नि पाण्डेका छोरा थिए । पाण्डेको शव ल्याउन नेपाल सरकारले सहयोग गरेको हो । घटनालगत्तै प्रधानमन्त्री पुष्पकमल दाहालले पाण्डेको मृत्युमा गहिरो शोक व्यक्त गर्दै शव ल्याउन सरकारले सहयोग गर्ने बताएका थिए । आजै कनकाई माईमा पाण्डेको अन्त्येष्टि गरिने जनाइएको छ ।

एक पटक पढ्नुहोस