After header

संसद अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय

काठमाडौँ – सरकारले संसद्‌ हिउँदे अधिवेशनको अन्त्य गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले संसद्‌ हिउँदे अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।

सोमबार बिहान बसेको बैठकले चालू हिउँदे अधिवेशन आज दिउँसो १ बजेबाट अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ। केहि दिन भित्रै बजेट अधिवेशन शुरु गर्नको लागि हिउँदे अधिवेशनको अन्त्य गरिएको बुझिएको छ।मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले संसद अधिवेशन आह्वान र अन्त्य गर्ने संवैधानिक व्यवस्था छ। जेठ १५ गते बजेट ल्याउनु पर्ने संवैधानिक व्यवस्था अनुसार बजेट अधिवेशन शुरु गर्नको लागि हिउँदे अधिवेशन अन्त्य गर्नको लागि सिफारिस गरिएको नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले बताए।

एक पटक पढ्नुहोस